एजेन्सी/ दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ।गएराति एक कार्यक्रममा भएको घटनामा १५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
भागदौडका क्रममा ५० जनालाई हृदयाघात भएको अनुमान गरिएको छ। घाइतेको उद्धारका लागि १४० भन्दा बढी प्राथमिक उपचारका गाडी घटनास्थलमा पठाइएको थियो।
भागदौड भएको केही समयपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आकस्मिक बैठक बोलाएर घाइतेहरूलाई अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, दुर्घटना व्यवस्थापनको मुख्यालय स्थापना गर्न र मृतकको पहिचान गर्न निर्देशन दिएका छन्। साथै उहाँले घटनाबारे छानबिन गर्न अधिकारीहरूलाई भनेका छन्।
कार्यक्रममा करिब एक लाख मानिसले भाग लिएको जनाइएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )