पर्वत, कार्तिक-२, गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा शसस्त्र प्रहरीको एपिएफ क्लबलाई स्वर्ण जितेको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लबले स्वर्ण जितेको हो । जितसंगै एपीएफले ३४ स्वर्ण सहित तेश्रो स्थानमा रहेको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा भने विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ। राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ। दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबको अग्रता कायमै छ। हालसम्म पुलिसले ३८ स्वर्ण, ३६ रजत र ४२ कांस्य गरेर ११६ पदक जितेको छ।
पहिलो स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको पुलिसबीच पदकमा फराकिलो अन्तर रहे पनि दोस्रो स्थानमा रहेको पुलिसलाई भने तेस्रो स्थानमा रहेको अर्को विभागीय एपीएफ क्लबले पछ्याइरहेको छ। एपीएफले ३३ स्वर्ण, ३५ रजत र ६२ कांस्य गरी १३० पदक हात पारेको छ।
चौथो स्थानमा रहेको गण्डकी प्रदेशले १८ स्वर्ण, १६ रजत र ३२ कांस्य गरी कुल ६६ पदकमा कब्जा जमाएको छ। पाँचौँ स्थानमा बागमती प्रदेश रहेको छ। हालसम्म बागमतीले १६ स्वर्ण, २९ रजत र ३४ कांस्य गरी ७९ वटा पदक जितेको छ।
छैटौँ स्थानमा रहेको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोलीले ९ स्वर्ण, ७ रजत र ५ कांस्य गरी २१, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत र २१ कांस्य गरी ३३, प्रदेश नं. १ ले ५ स्वर्ण, १७ रजत र ३२ कांस्य गरी ५४ पदक आफ्नो पक्षमा पारेका छन्।
यस्तै नवौँ स्थानमा रहेको मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र १९ कांस्य गरी ३१, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कांस्य गरी ३८ तथा ११ औँ नम्बरमा रहेको कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ७ कांस्य गरी १० पदक जितेको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )