म्याग्दी, असोज-२७, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा असोज २७ गतेबाट शुरुभएको छ । आज भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
दर्शकको भिड रहेको प्रतियोगितामा गण्डकीले सुदुरपश्चिम प्रदेश माथि सोझो सेटमा जित निकालेको थिए । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन । भने सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन ।
राष्ट्रिय टिमका कप्तान समेत रहेकी शाहिको गण्डकीको टिमसामु सुदुर पश्चिम टिमले राम्रो प्रदर्शन भने गर्न सकेन । अभ्यासको कमि जस्तो देखिने सुदुर पश्चिम टिमलाई सहज जित निकाल्न गण्डकी प्रदेशका ४ नम्बर जर्सीका खेलाडी रिमा कुवरले महत्वपुर्ण भूमिका खेलिन । बाया हातका स्पाइकर कुवरले टिमलाई मात्रै जिताइनन दर्शकको समेत मन जितिन । जव टिमका सेटर अरुणा साहीले कुँवरलाई पास दिन्थिन दर्शकको ताली र हुटिंग शुरुहुन्थ्यो । कुँवरले साँची नै आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी छिन ।
गण्डकी प्रदेशको टिमबाट प्रतिनिधित्व गरेकी कुँवर पर्वत जिल्लाबाट छनोट भएकी हुन । पर्वतको फलेवास नगरपालिका वडा नं ५ कि रिमा कुँवर न्यु डायमण्ड क्लवबाट खेल्ने गर्छिन । काठमाडौँको शंकरदेव क्याम्पसमा बिबिएस दोश्रो बर्षमा अध्ययन गरिरहेकी कुँवर यस बर्षको छनोट प्रतियोगितामा पर्वतबाट गण्डकी प्रदेशको टिममा समावेश भएकी हुन् ।
पहिलो खेलमै दर्शको मन जित्न सफल भएकी कुँवरको बाँकी खेल हेर्न बाकि रहेको छ तर म्याग्दीको सदरमुकाममा दर्शकको बाक्लो उपस्थितिमा गण्डकी प्रदेश संगै पर्वतको नाम राख्न समेत सफल भएकोमा पर्वत बासीहरु खुसि भएका छन् । उनले आजको खेलमा प्लेयर अफ द म्याचको उपाधी समेत प्राप्त गरेकी छिन । उनी लगायत गण्डकी प्रदेशको टिमलाई आगामी खेलको शुभकामना । अव गण्डकी प्रदेश समूह बि को उपविजेता (बागमती प्रदेश र प्रदेश १ वा प्रदेश १ र मधेस प्रदेश) संग प्रतिस्पर्धा गर्नेछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )