पर्वत, असोज-१६, जिल्ला स्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिको वैठक सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको वैठकले आचारसंहिता अनुगमनमा कडाई गरिने निर्णय गरेको छ । निर्वाचनको अवधिमा आयोगले जारी गरेको आचारसंहिता नियमन सम्बन्धि कानूनलाई कडाईका साथ पालना गरिने मुख्य निर्वाचन अधिकृत आनन्द श्रेष्ठले उल्लेख गरे ।
निर्वाचनलाई भयरहित र निश्पक्ष बनाउनका लागि आचारसंहिता पालना गर्नु उमेदवारहरुको पहिलो दायित्व भएको भन्दै आयोगले आचारसंहितामा कडाई गरेको छ । उमेदवारले सुरक्षा प्रशासनलाई २४ घण्टा पहिला जानकारी दिएर मात्र सभा सम्मेलन गर्न पाउनेछन भने, प्रचार प्रचारका लागि घरदैलो अभियान सञ्चालन गर्न पाउनेछन् ।
पोष्टर ब्यानर तोकिएको साइजमा प्रकाशन गर्नुपर्नेछ भने मोटरसाइकल ¥याली तथा माइकिङमा प्रतिबन्द्ध लगाइएको छ । उमेदवार र राजनैतिक दलले तोकिएको विधि बाहेकको विधिबाट प्रचार प्रसार गर्न नपाउने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अधिकारीले बताए ।
जिल्ला निर्वाचन लक्षु शर्माले आचारसंहिता उल्लघटनको जानकारी आउँदा साथ त्यसलाई नियन्त्रणका लागि अनुगमन समिति सक्रिय हुने जानकारी बताउँछन् ।
जिल्ला स्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयका प्रमुख तथा पत्रकारहरु सहितको संयुक्त वैठकले आचार संहितामा कडाई गर्ने निर्णय गरेको छ । पर्बत न्युजबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )