जलजला , भदौ-३०, पर्वतको जलजला-२ स्थित समाजकल्याण आधारभूत विद्यालयमा ५८ औं बाल दिवस मनाइएको छ । “बाल मैत्री समाजको आधार, जिम्मेवारी अभिभावक उत्तरदायी सरकार” भन्ने नाराका साथ बुधबार बिबिध खेलकुद र सांस्कृतिक कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको हो ।
सोहि अवसरमा विद्यालयबाट कक्षा ५ पुरा गरी विद्या ज्योति माविमा कक्षा ६ अध्ययन गर्न गएका विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालन गरिएको कक्षा १२ को परीक्षामा पर्वत जिल्लामा उत्कृष्ट जीपीए (३.७१) प्राप्त गरी जिल्ला टपगर्ने सन्दिप नेपालीलाइ सम्मान गरीएको छ । नेपालीलाइ नगद ५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा कक्षा ५ का विद्यार्थीहरु सबिना नेपाली र अजा नेपालीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा जलजाला-२ का वडा सदस्य विशिष्ट अतिथि कुल बहादुर बिक, सुमन नेपाली, महिला सदस्य जुना केसी, मल्लाज स्वास्थ्य चौकीका प्रमुख गोरे नेपाली लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बागबिर दमाइको अध्यक्षता वडा नं २ का दलित महिला सदस्य शान्ता नेपालीको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर जिसीको स्वागत र शिक्षक इन्द्रबहादुर विश्वकर्माको संचालनमा सम्पना भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )