बाग्लुंग, भदौ- २१, बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागि शितल शर्मा सिफारिस भएकी हुन् । मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा शर्मा सिफारिस भएकी हुन् ।
नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य समेत रहेकी छिन् । शितलले विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेकी छन् ।
आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेकोमा खुसी व्यक्त गर्दै विजयी भएपनि नभएपनि निरन्तर बाग्लुङको सुखदुखमा संगै रहने, जनताकै सेवामा लाग्ने शितलले बताएकी छन् ।
उनका पानीजहाज, महारानी, शितलु लगायतका गीतहरु चर्चीत छन् । कलाकारिता क्षेत्रमा उनलाई महारानी उपनामले चिनिने गरिएको छ भने उनि एक कुशल र सफल उद्घोषिका समेत हुन् । पछिल्लो समयमा कलाकारितासंगै राजनीति र समाजसेवामा सक्रिय छिन् । नागरिक अनलाइनबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )