पर्बत, भदौ-१६, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधि सभामा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समितिको वैठकबाट अधिकारी प्रतिनिधि सभामा सिफारिस भएका हुन् । विहिबार सम्पन्न माओवादी केन्द्रको वैठकले अधिकारी सहित प्रतिनिधि सभामा अन्य ४ जनाको नाम पनि सिफारिस गरेको छ ।
अधिकारी यस अघि प्रदेश सभा क मा पर्वतबाट विजयी भएका हुन् । उनी बाम गठबन्धनको साझा उमेदवारको रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजीत गरी प्रदेश सभामा विजयी भएका थिए । प्रदेश सभामा उनी शुरुवाती समय देखि नै सभामुखको रुपमा क्रियाशिल छन् ।
अधिकारीसंगै प्रतिनिधि सभामा माओवादी केन्द्रले केन्द्रिय सदस्यहरु गुप्त हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी, र गंगा तिमिल्सीनालाई पनि सिफारिस गरेको छ । हमाल हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा पराजीत भएका हुन् । भने उनी दोस्रो संविधान सभाको निर्वाचनमा कास्की जिल्लाबाट उमेदवार बनेका थिए ।
बस्याल भने पहिलो संविधान सभाको निर्वाचनमा पर्वतबाट निर्वाचित सांसद हुन् । बस्यालले संविधान सभाको पुरा कार्यकाल संविधान सभाको वैठकमा सहभागी थिएनन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )