सल्यान, साउन-२१, शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका हुन्।
जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।
यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत बिरामी भएका छन्। थाहाखबरबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )