काठमाडौँ, साउन-१९, सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको चुनाव गर्ने भएकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद्को बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेकाे हाे ।
सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा चुनाव गर्ने निर्णय गरेकाे हाे । बुधबार बसेको गठबन्धनको बैठकले चुनावको मिति घोषणाका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।
गठबन्धनको सुझावअनुसार नै चुनावको मिति घोषणा भएकाे हाे । यसअघि निर्वाचन आयोगले मंसिरको २ गते चुनावको मिति घोषणा गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका लागि मंसिर ४ गते उपयुक्त हुने बताएका थिए । देउवाका ज्याेतिषीले चुनावका लागि मंसिर ४ उपयुक्त मिति रहेको सुझाव बालुवाटारमा पेस गरेको बताइन्छ । शिलापत्रबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )