जलजला, साउन-१८, पर्वतको जलजला गाउँपालिकाले कृषि क्षेत्रमा राहत कार्यक्रमको घोषणा गरेको छ । जलजला गाउँपालिकाले विषयगत समितिहरुको वैठकबाट कृषि र शिक्षा क्षेत्रमा उल्लेख्य सुधारका प्रयासहरु गर्ने गरी आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेको हो । चालु आर्थिक बर्षमा कृषि र शिक्षा क्षेत्रमा उल्लेख्य सुधारका प्रयास गर्नेगरी बजेट नीति तथा कार्यक्रम सार्वजनिक समेत गरिसकेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीका अनुसार चालु आर्थिक बर्ष देखि पशुपालक कृषकले दुध जग्य उत्पादनमा अनुदान पाउने भएका छन् । यस अघि फलेवास, महाशिला र मोदी गाउँपालिकाले समेत शुरुवा गरेको उत्पादनमा अनुदान कार्यक्रमलाई जलजलाले पनि निरन्तरता दिने भएको हो ।
चालु आर्थिक बर्ष देखि प्रति लिटर दुधमा ५ रुपैंया अनुदान गाउँपालिकाले दिने भएपछि पशुपालक कृषकहरुलाई राहत सहयोग मिल्ने भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )