जलजला, साउन-१४, जलजलाको लेखफाटमा महिला शशक्तिकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । लेखफाट ५ गैरागाउँ स्थित फुलबारी आमा समुहकोआयोजनमा, “आर्थिक, सामाजिक एवं राजनैतिक श्रोतमा महिला जनशक्तिको पहुच” भन्ने नारासहित महिला शाशाक्तिकरणका आयामहरू बिषयमा आज (शनिबार ) एकदिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा फुलबारी आमा समुहका ३० जना महिलाहरु सहभागी रहेका थिए ।
कार्यक्रमका सहजकर्ता सामाजशाश्त्री तथा महिला शशक्तिकरणका अभियन्ता बिना झाले आर्थिक सांस्कृतिक, सामाजिक, मनोबैज्ञानिक रुपमा महिलाहरु सवाल भएमा मात्र अगाडी आउन सकिने कुरा बताउदै अव हरेक क्षेत्रमा महिला जनशक्तिको पहुच पुग्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीले ग्रामिण क्षेत्रमा यसरी महिला लक्षित कार्यक्रम ल्याइदिनुभएकोमा धन्यबाद दिदै समाजका हरेक वर्ग, पेशा र उमेरका व्यक्तिलाई लक्षित गरी भविष्यमा अन्य कार्यक्रम समेत आयोजना गरिने बताउनुभयो । आमा समुहका अध्यक्ष कोपिला जिसीले यसरी पहिलोपटक आमा समुह र महिला लक्षित उत्कृष्ट कार्यक्रमको सहजीकरण गरिदिनुभएकोमा सहजीकरण गरिदिने जिसी मिडियालाइ धन्यबाद दिनुभएको छ ।
फुलबारी आमा समुहका अध्यक्ष कोपिला जिसीको अध्यक्षता, वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीको प्रमुख आतिथ्यता, सचिव कमला जिसीको संचालन र हिरा कुमारी जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा सहजीकरण गर्ने मिडियाका देबी जिसीले कार्यक्रमको बारेमा जानाकारी गराउनुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )