पर्बत, साउन-१३, अरिङ्गालको टोकाईबाट पर्वतमा एक युवाको ज्यान गएको छ । जिल्लाको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारको अरिङ्गाले टोकेर ज्यान गएको हो । गतराती अरिङाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएको र उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा आज मृत्यु भएको हो ।
परियार गएराती घर नजिककैको जंगलमा अरिङ्गाल पोल्न गएका र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भिर घाइते भइ उपचारको लागी धवलागिरी अस्पताल बाग्लुङ्गमा उपचारको लागी लगिएको र गम्भीर अबस्थामा ल्याई पुर्याइएकोले उपचारको क्रममै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।
केहि वर्षायता अरिंगालको गोला खोज्दै पोल्ने र लार्भाको ब्यापार समेत गर्ने क्रम बढेको छ। लार्भालाई महँगो परिकारका रुपमा बेच्ने समेत गरिएको छ तर अरिंगालको शिकार गर्नु अत्यन्तै जोखिम काम हो । हरेक वर्ष अरिंगालको शिकार गर्ने क्रममा लडेर अथवा अरिंगालले टोकेरकेर ज्यान जाने गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )