१० साउन, पर्वत । जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये सवै भन्दा कम बेरुजु हुनेमा जलजला गाउँपालिका परेको छ । महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ को बार्षिक पुस्तिकामा जलजला गाउँपालिका सबैभन्द कम बेरुजु हुने पालिका भएको छ । जलजला गाउँपालिकामा ८० लाख ९२ हजार रुपैंया मात्र बेरुजु देखिएको छ । उक्त रकम कुल लेखापरिक्षण गरिएको रकमको ० दशमलब ९३ प्रतिशत मात्र हो ।
कुश्मा नगरपालिका र पैयू गाउँपालिका बेरुजु धेरै हुने स्थानीय तहहरु परेका छन् । जिल्लामा ७ पालिकाको कुल १४ करोड रकम बेरुजु देखिएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ । महालेखा परिक्षकले राष्टूपतिलाई हस्तान्तरण गरेको प्रतिवेदनमा कुश्मा नगरपालिकाको कुल लेखापरिक्षण गरिएको रकम मध्ये ५ करोड ५२ लाख २२ हजार रुपैंया बेरुजु देखिएको कुरा उल्लेख छ । यो रकम कुल लेखापरिक्षण गरिएको रकमको ३ दशमलब ०९ प्रतिशत हो ।
यसैगरी पैयू गाउँपालिकामा कुल लेखापरिक्षण गरिएको रकम मध्ये २ करोड २४ लाख ८७ हजार रुपैंया रकम बेरुजु देखिएको छ । यो रकम कुल पनि कुल लेखापरिक्षण गरिएको रकमको ३ दशमलब ०९ प्रतिशत रकम हो ।
अरु स्थानीय तहहरुमा समेत बेरुजुको रकम ठूलो देखिएको छ । कुल लेखापरिक्षण गरिएको रकमको २ दशमलब ६१ प्रतिशत रकम बेरुजु मोदी गाउँपालिकामा छ । मोदी गाउँपालिकामा लेखापरिक्षण गरिएको रकमको कुल ३ करोड १० लाख ७७ हजार रुर्पैैया बेरुजु देखिएको हो ।
जिल्लाको अर्को नगरपालिका फलेवास नगरपालिकामा १ दशमलब ५३ प्रतिशत रकम बेरुजु देखिएको छ । यस स्थानीय तहमा कुल लेखापरिक्षण रकमको कुल रकम २ करोड ४९ लाख ४३ हजार रुपैंया बेरुजु देखिएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाको महाशिला गाउँपालिकामा १ दशमलब २३ प्रतिशत रकम बेरुजु देखिएकोछ । यो गाउँपालिकामा कुल ९७ लाख ३० हजार रुपैंया बेरुजु देखिएको हो । जिल्लाको विहादी गाउँपालिकामा आव २०७७/०७८ मा कुल १ करोड ९० लाख ५७ हजार रुपैया बेरुजु देखिएको छ ।
यस गाउँपालिकामा कुल रकमको २ दशलमब ६० प्रतिशत रकम बेरुजु देखिएको छ ।अर्थ वीट साप्ताहिकबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )