परम्परागत रूपमा मौलिक लयमा बाजा बजाउँदै आएका समूहहरू विभिन्न समस्याका कारण विस्थापित हुँदै गएका कारण उनीहरूको कलालाई जोगाइराख्न तथा बाजा बजाएरै जीविका चलाउँदै आएकाहरूलाई यसमा टिकाई राख्नको लागि बाजा सहयोग गरिएको अधिकृत क्षेत्रीले बताउनुभयो ‘आफु संग भएक त्यहि बजाउने कलाले जीवन धानेकोमा बाजाको मूल्य महँगो हुनु र नयाँ बाजा खरिद गर्न नसकेर पनि भपनि यो पेशाबाट बिस्थापित हुनु परेको अवस्थामा यसरी बाजा वितरण गर्दा ठुलो सहयोग हुने क्षेत्रीले बताउनुभयो ।
केही वर्ष अगाडिसम्म मेला महोत्सव तथा विशेष चाडको अवसरमा जिल्लामा पञ्चेबाजा प्रतियोगिताहरू हुने पनि गरेका थिए। जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौँ बाजा समूहहरू प्रतिस्पर्धा गर्थे, उनीहरूको पहिचान बाहिर आउँथ्यो, आवश्यक परेको बेलामा माग हुन्थ्यो। मुख्य गरी वैवाहिक कार्यक्रमहरूमा पञ्चेबाजाको माग हुने गरेको छ। बजारमा हुने विवाह शान्त वातावरणमा हुने भए पनि गाउँघरमा हुने वैवाहिक कार्यक्रमहरूमा हुने झगडा, बाजाको तोडफोड, नयाँ बाजा खरिद गर्दा महँगो पर्ने भएकाले खरिदमा नै समस्या, गाउँको बसाँइसराइ दर बढ्दै जानु, लगायतका कारण पञ्चेबाजाका समूहहरू पहिलेकै सङ्ख्यामा भेटिँदैनन्।
वर्षमा केही पटक मात्र आउने बाजा बजाउने अवसरबाट आम्दानी भएको रकमले वर्षभरिको खर्च धान्न नसक्ने भए पनि बाजा बजाउन सक्रिय रहँदै आएको दलित समुदाय यसमा त्यति धेरै इच्छुक देखिँदैन। पछिल्लो पुस्ताले बाजा बजाएर भन्दा वैदेशिक रोजगारीमा गएर वा आन्तरिक रोजगारीबाट नै राम्रो आम्दानी गरेका कारण बाजा बजाउने समूहहरू बिस्तारै हराउँदै गइरहेका छन्।
प्रायः दलित समुदायले बजाउँदै आएको बाजा अहिले मगर लगायतका समुदायले पनि बजाउने गरेको बताउँदै उनले बेरोजगारी समस्याको हल गर्नका लागि जसले पनि बाजा बजाउने सिप सिक्नुपर्ने बताउँछन्।