पर्वत, असार-३२, पर्वतमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका वडा नं. १ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिवार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याईएको छ । कपडा सुकाउने तारमा विद्युतको करेण्ट प्रवाह भएकोले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् । उहाँ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )