देवी जिसी/म्याग्दी, असार-३२, अखिल नेपाल महिला संघ म्याग्दीको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । “सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रशिक्षण कार्यक्रम आज (शनिबार) समापन भएको हो । प्रशिक्षण कार्यक्रम आजोजना गर्नुको मुख्य उद्देश्य हालमा महँगो हुदै गएको चुनावलाई कम खर्चिलो बनाउन, आर्थिक पारदर्शिता र स्वच्छ सुन्दर समाजको परिकल्पनाका लागी सुसुचित हुनुका साथै चुनावका बेला गोठाला खेताला राख्ने प्रवृत्तिको अन्त्यगर्न सम्पूर्ण प्रशिक्षित महिला सदस्यहरुले सुसुचित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले बताउनुभयो ।
कार्यक्रममा अनेमसंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक संयोजक एवं अनेमसंघका केन्द्रीय अध्यक्ष थममाया थापाले बर्तमान अबस्था र अनेमसंघको भूमिका बिषयमा, अनेमसंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक सचिवालय सदस्य, पुर्व सामाजिक बिकास मन्त्रि तथा प्रदेश सभा सदस्य नरदेवि पुनले नेपाली महिला आन्दोलनको शुरुवात र यसका उपलन्धिहरु बिषयमा, नेकपा एमाले प्रदेश सचिवालय सदस्य एवं एमाले म्याग्दीका पुर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले जनताको बहुदलीय जनबादको परिचयका बिषयमा, अनेमसंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटिका सदस्य एबम धौलागिरि गाउँपालिका पुर्व अध्यक्ष थमसरा पुनले अनेमसंघको सांगठानिक पद्दति र अनुशासनको बिषयमा, अनेमसंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटिका सदस्य एबम मालिका गाउँपालिकाका पुर्व उप प्रमुख खरामया बिटालुले संगठनको महत्व, प्रकार र नेतृत्व बिकास बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले र अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एमालेकै जोडबलका कारण देश र नेपाली जनताले संविधान पाएको बताउँदै संविधानको कार्यान्वयनसँगै सङ्घीयतामार्फत देशको दीगो विकास गर्नुपर्नेमा जोड दिनुभयो । नेतृ थापाले अहिलेको सत्ता गठबन्धनले देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लगाउँदै देशलाई श्रीलङ्का हुनबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने अवस्था आएको बताउनुभयो । अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोकाको अध्यक्षता र सचिव विष्णु गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी सुष्मा बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )