देवी जिसी/म्याग्दी, असार-३०, महिला अधिकार मंच म्याग्दीको ११ औं साधारण सभा तथा पाचौं अधिबेशन आज (शुक्रबार) सम्पन्न भएको छ । “महिला रोकिए संसार रोकिन्छ “भन्ने मूल नारा सहित २०६६ साल फागुन ८ गते स्थापना भएको मंचको पाचौं अधिबेसनले जिल्लाका ६ वटै स्थानीय निकायबाट प्रतिनिधित्व हुनेगरी ११ सदस्यीय नया समिति समेत गठन गरेको हो ।
समितिको अध्यक्षमा निरमाया मिजार (अन्नपुर्ण ), उपाध्यक्ष विष्णु गौतम सापकोटा ( बेनी ), सचिव दिलमायाँ बिटालु (मालिका ), कोषाध्यक्ष ज्ञानु बानिया (बेनी ) सह-सचिव चन्द्रकला बानिया (धवलागिरी ) रहनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा तेजकुमारी शेरपुन्जा ( रघुगंगा ), सिता कुमारी गुरुङ ( मालिका ), लक्ष्मी फगामी (रघुगंगा ) सुनिता पुन (मंगला ) सुमित्रा थजाली (मंगला ) बालाकुमारी पुन (मंगला) रहनुभएको छ ।
कार्यक्रममा कार्यबाहक अध्यक्ष निरमायाँ मिजारले सांगठनिक प्रतिबेदन साथै आर्थिक गतिबिधि प्रस्तुत गर्दै, मंचले हिँसा पिडित महिला दिलमायाँ बिकलाई २५ हजार आर्थिक सहयोग गरेको बताउनुभयो । मन्तव्यको क्रममा दिलमाया बिटालुले सुरक्षित मातृत्व कार्यक्रम लागु भएको समयमा महिलाको अधिकार सुनिस्चितता र आत्मनिभर बनाउने उद्देश्यले ग्रामिण भेगका महिलालाई समेटर अधिकार मंचको गठन गरिएको बताउनुभयो ।
त्यसैगरी प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका उप प्रमुख दिवा पुनले ग्रामिण भेगका महिलाहरुले मर्यादित जीवन बिताउन र आर्थिक, सामाजिक,सांस्कृतिक, स्वास्थ्य शिक्षा लगायतका अधिकारको सुनिस्चितता गर्ने कुरामा हमेसा लागि परोस भन्ने शुभकामना दिनुभयो । मंचका अध्यक्ष निरमाया मिजारको अध्यक्षता, अन्नपुर्ण गाउँपालिकाका उप-प्रमुख दिवा पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत दिलमाया बिटालु र संचालन मंचका सचिव बिष्णु गौतम सापकोटाले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )