पर्वत, असार-३०, पोखरामा आगामी साउन दोस्रो साता राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता आयोजना हुने भएको छ । लोक गायक कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा साउन १२ देखि १४ गते सम्म राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवं इन्द्रेणी कार्यक्रम हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ६ लाख, द्धितीय हुने समूहलाई ४ लाख, तृतीय हुनेलाई २ लाख र सान्त्वना हुने समूहलाई १ लाख पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट गायक÷गायिका र अनुशासित समूहलाई ५०÷५० हजार पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर ह्याल्मो गुरुङले जानकारी दिए । सो पुरस्कार नेपालमा नै सर्वाधिक धनराशिको पुरस्कार भएको आयोजकको दावी छ।
प्रतियोगिताबाट ५५ लाख आम्दानी हुने र ३९ लाख पचास हजार खर्च हुने आयोजकले जनाएको छ । बचत १५ लाख ५० हजार रकम शेरचनको सालिक निर्माण तथा लोकबाजा संरक्षणका लागि संग्राहलय स्थापना गरिने अध्यक्ष गुरुङले बताए । स्वर्गीय शेरचनले नेपाली लोकसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको उनले बताए ।
शेरचनका सोह«बर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, आहा कलिलो तामालाई सोध रामलाई, सुखी ज्यानलाई गुँदरी काम्लो लगायतका गीत चर्चित छन् । वि.सं. २००३ साल साउन १२ गते पोखराको रानीपौवामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो।
प्रतियोगितामा ४० देखि ४५ टिमको सहभागिता रहने प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए ।
शिक्षासेवी एवं खेलकुदकर्मी योगेन्द्रबहादुर बस्नेत (मरणोपरान्त) र लोकगायक नारायण रायमाझीलाई नगद रु. २५÷२५ हजार र सम्मान पत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेका छन् । अनलाइन अन्नपुर्णबाट साभार
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )