देवी जिसी/बेनी, असार-१८, क्षत्री समाज म्याग्दीले स्थानीय निर्वाचन २०७९ का निर्वाचित क्षेत्री जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ। शनिबार एक कार्यक्रमको आयोजनागरी क्षेत्री समाजको सभा हलमा जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको हो । कार्यक्रममा सम्मानित जनप्रतिनिधिहरुले क्षेत्रीहरुको संस्कार, पहिचान हकहितको बारेमा बोलेका थिए । कार्यक्रममा बेनि नगरपालिका वडा न ४ का सदस्य केन खत्री, मंगला गाउँपालिका २ का अध्यक्ष धन बहादुर खाती, बेनपा २ का अध्यक्ष याम बहादुर क्षेत्री, वडा न ४ का अध्यक्ष भगवान खड्का, वडा न ५ का अध्यक्ष गोबिन्द बानिया, वडा न ६ का अध्यक्ष कृष्ण बहादुर बानिया, क्षेत्री समाज म्याग्दीका सल्लाहकार मिन बहादुर कार्की, नगर प्रमुख सुरत केसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
त्यसैगरी, कार्यक्रममा क्षेत्री समाज म्याग्दीको भवन निर्माण समितिका अध्यक्ष याम बहादुर बानियाद्वारा निर्माणाधीन भवनको हालसम्मको निर्माणको गतिबिधिका वारेमा जानाकारी प्रस्तुत गरिएको थियो । सम्मान कार्यक्रममा धनबहादुर खातीले भवन निर्माणमा सहयोग पुगोस भनेर २० हजार सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ भने वडा न ४ का वडाध्यक्ष भगवान कार्कीले एक महिनाको तलब क्षेत्री समाज म्याग्दीलाई प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा मंगला २ सल्यान निवासी ९१ वर्षीय आमा जगमती कार्कीका छोरा ५० वर्षीय हेम बहादुर कार्कीको उपचारको लागी समितिका सदस्य पूर्णबहादुर कार्की मार्फत ७ हजार ५०० रुपिया सहयोग समेत गरेको छ । कार्यक्रम क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कुमारी केसीको अध्यक्षता, क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य अमृतादेवी बानियाको प्रमुख आतिथ्यतामा, नगर प्रमुख सुरत केसी, दिल कुमारी खत्री, सल्लाहकार क्याप्टेन मिना बहादुर कार्की, कमला जिसीको बिशेष आतिथ्यतामा समाजका उपाध्यक्ष देबेन्द्र घिमिरेको स्वागत र समाजका सदस्य लक्ष्मी भण्डारी कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )