देवी जिसी /बेनी, असार-१७, म्याग्दीको बेनी स्थित संस्थागत विद्यालयहरुको बाल संजाल गठन गरिएको छ । शुक्रबार न्यु वेष्ट प्वाइन्ट आवासीय माविमा भएको भेलाले संस्थागत विद्यालय बाल संजाल गठन गरेको हो । बुद्ध एकेडेमी बगरफाट, लिटिल गार्डेन एकेडेमी, बेनी बोर्डिंग सेकेण्डरी स्कुल, माउन्ट एभेरेस्ट आवासीय मावि, न्यु वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीहरुको भेलाले रेनुका पुन (न्यु वेष्ट प्वाइन्ट ) अध्यक्षतामा तेह्र सदस्यीय बाल क्लव गठन गरेको हो । क्लवको उपाध्यक्षमा एरियाना थजाली (माउन्ट एभरेष्ट ), सचिव समिप शर्मा (बेनी बोर्डिंग सेकेण्डरी स्कुल ) कोषाध्यक्ष दिविसा शर्मा (लिटिल गार्डेन ), सह-सचिव समित श्रीष (बुद्ध एकेडेमी ) रहेका छन् । त्यसैगरी सदस्यहरुमा एरिका पराजुली, रंजित चोखाल (लिटिल गार्डेन एकेडेमी), अनुषा बरुवाल (वेष्ट प्वाइन्ट ) दिपा पुन (बुद्ध एकेडेमी ), समृद्दी श्रेष्ठ, अस्मि खड्का ( बेनी बोर्डिंग सेकेण्डरी स्कुल ) एडीएत्ना थजाली र असल शेरचन ( माउन्ट एभरेष्ट ) रहेका छन् ।
स्थानीय निकायले निजि विद्यालयलाई बाल संजाल गठन प्रक्रियामा बेवास्ता गरेको कारण संस्थागत बाल संजाल गठन गर्नु परेको गैह्र सरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । उहाँले भेलामा उपस्थित विद्यार्थी र नव गठित संजालका पदधिकारी एवं सदस्यहरुलाई बालमैत्री पूर्ण स्थानीय शासन, साइबर क्राइम, बाल अधिकार विद्यालयमा हुने लैंगिक हिंसा, बाल अधिकार हननका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।
बाल संजाल गठनका लागी संचारिका समूह म्याग्दीका संयोजक देवी जिसीले सहजीकरण गर्नु भएको हो । सहजकर्ता जिसीले बाल संजाल विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको साझा मंच भएको र हरेक विद्यालयमा गठनहुने बाल क्लवले विद्यार्थीलाई बालधिकारका बारेमा सचेत गराउनुका साथै क्लवमा आबद्द हुदा नेतृत्व बिकास र क्षमता बिकास हुने बताउनुभयो ।
कार्यक्रममा वेष्ट प्वाइन्ट विद्यालयका प्रिन्सिपल डीबी दाहालको विशेष उपस्थिति रहेको थियो कार्यक्रममा भाइस प्रिन्सिपल सरोज लकान्द्रीले यसरी विद्यार्थीलाई बाल संजाल मार्फत एक आपसमा जोड्ने कार्य र विद्यालयमा गठनहुने बाल क्लव मार्फत विद्यार्थीको क्षमता बिकास गर्ने कार्यप्रति खुसि ब्यक्त गर्दै सहजकर्ता र गैह्र सरकारी संस्था महासंघ म्याग्दीलाई धन्यवाद दिनुभएको छ । संजालले छिट्टै नै किशोर किशोरी लक्षित कार्यक्रम गर्ने जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )