देवी जिसी /म्याग्दी, असार-६, म्याग्दी जिल्लाका पांचजना क्रियाशिल पत्रकारहरु पुरस्कृत भएका छन् । (आज ) सोमवार जि जिल्ला समन्वय समितिले नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत एवम् पुरानालाई विदाई गर्न आयोजित कार्यक्रममा पत्रकार घनश्याम खड्का, ध्रुवसागर शर्मा, ठाकुर प्रसाद आचार्य, हरिकृष्ण गौतम र कमल खत्रीलाई पुरस्कृत गरेको हो ।
पत्रकारहरुलाई नवनिर्वाचित समन्वय प्रमुख राजकुमार थापा, प्रमुख अतिथि प्रदेश सभा सदस्य नरदेवि पुन, नि. समन्वय प्रमुख देवेन्द्र बहादुर कटुवालले जनही नगद रु १० हजार सहित दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
समितिले हरेक वर्ष प्रदानगर्ने विकास पत्रकारिता पुरस्कारबाट बर्ष २०७३/७४ का लागि घनश्याम खड्का, ७४/७५ का लागि ध्रु सागर शर्मा, ७५/७६ का लागि हरिकृष्ण गौतम, ७६/७७ लागि ठाकुर प्रसाद आचार्य र ०७७/७८ लागि कमल खत्रीलाई प्रदान गरिएको जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले बताउनुभयो ।
पुरस्कृत हुनुभएका पत्रकार खड्का नेपाल पत्रकार महासंघ म्याग्दीको संस्थापक अध्यक्ष एवम् कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्द हुनुहुन्छ भने ध्रुवसागर शर्मा महासंघको केन्द्रिय पार्षद तथा रासस संवाददाता हुनुहुन्छ । त्यसैगरी ठाकुर प्रसाद आचार्य महासंघको सल्लाहकार तथा गोरखापत्र दैनिकका आवद्ध हुनुहुन्छ ।
आजै पुरस्कृत हुनुभएका हरिकृष्ण गौतम नेपाल पत्रकार महासंघ म्याग्दीको उपाध्यक्ष तथा नागरिक दैनिकमा कार्यरत शर्मा परोपकारी पत्रकारिताको क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । सम्मानित भएका अर्का पत्रकार खत्री राष्ट्रिय समाचार समिति (रासस), नयाँ पत्रिका दैनिकमा कार्यरत र नेपाल पत्रकार महासंघ म्याग्दीको सदस्य हुनुहुन्छ ।
हरेक वर्ष प्रदान गरिने विकास पत्रकारिता पुरस्कार कोरोना महामारी लगायतका कारणले प्रदान गर्न नसकिएकोमा अवदेखि भने पुरस्कारलाई बर्षेनी प्रदानगर्ने योजना रहेको जिससले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )