बागलुङ, असार- ११, बागलुङको बडिगाडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान बडिगाड खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको हो । करेन्ट लगाएर माछा मर्ने क्रकमा सोही करेन्ट आफै लाई लागेर उनको मृत्यु भएको बडीगाड गाउँपालिका वडा नम्वर २ का अध्यक्ष ढालेन्द्र सेरचनले जानकारी दिएका छन् ।
प्रहरीले करेन्ट लगाएर माछा मार्ने कममा संलग्न भएका अन्य पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बडिगाड -५ का ३५ वर्षीय होम बलाल, ५४ वर्षीय टेकबहादुर रास्ताकोटी, २ का ३२ वर्षीय रमेश पुन, २५ वर्षीय टीका पुन र गल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय मानबहादुर बुढाथोकी रहेका छन् ।
करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य भएको र करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको हो। २०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा उल्लेख भए अनुसार कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन।’ सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )