• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
Close
२०७९ श्रावण २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना, जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा जोड

७ घण्टा अघि
२

(Untitled)

२३ घण्टा अघि
३

पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत

२ दिन अघि
४

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन

३ दिन अघि
५

क्षत्री महिला नगर समाज म्याग्दीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा उर्मिला केसी चयन

३ दिन अघि
६

जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी

४ दिन अघि
७

जलजलाको समाजकल्याण प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ दिन अघि
८

मिस SEE पोखरा, मिस मगर नेपाल, SEE टपर र राष्ट्रपति रनिंग शिल्ड बिजेतालाई वेष्ट पोइन्टले सम्मान गर्यो

४ दिन अघि
९

मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाकाे चुनाव गर्ने सरकारकाे निर्णय

५ दिन अघि
१०

पर्वतमा कोभिडको संक्रमण फेरी बढ्यो, स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न

६ दिन अघि
११

जलजला र कुश्मा नगरपालिका क्षेत्रबाट कालीगण्डकी उत्खननमा प्रयोग भएका सवारी साधन अनुगमन समितिद्वारा सिल

६ दिन अघि
१२

जलजलागाउँपालिकाले दुध उत्पादनमा अनुदान दिन शुरु गर्यो

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

१ साल अघि
२

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
३

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
९

रवि लामिछानेले न्युज २४ टिभी छाडे

१ साल अघि
१०

पाँच महिना पछी बौरको बाटो खुल्यो

१ साल अघि
११

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
१२

जनकपुरधाम पुगेर म्याग्दीका सृजनाले हामफालेर गरिन् देहत्याग

१ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (१ महिना अघि)

म्याग्दीको बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

तस्विर : देवी जिसी

  • १७६ पटक पढिएको
  • म्याग्दी, असार-१०,  म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाले आउँदो आवको लागि कुल ७३ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

    बेनी नगरपालिकाद्वारा आयोजित ११औं नगर सभा तथा अधिवेशनमा नगर उपप्रमुख ज्योती लामिछानेले आगामी आर्थिक वर्षका लागि कुल ७३ करोड २२ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । नगरसभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड १४ लाख अर्थात् ६३ दशमलव ०१ प्रतिशत र पुँजीगततर्फ २७ करोड आठलाख रुपैयाँ अर्थात् ३६ दशमलव ९९ प्रतिशत रहेको छ ।

    सभामा प्रस्तुत बजेटमध्ये सबैभन्दा धेरै सामाजिक विकासतर्फ ३८ करोड ४३ लाख ७५ हजार अर्थात् ५२ दशमलव ५० प्रतिशत बजेट विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ २५ करोड १० लाख अर्थात् १७ दशमलव ३५ प्रतिशत, आर्थिक विकासतर्फ चार करोड १० लाख, सुशासन र संस्थागत विकासतर्फ एक करोड ३८ लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ‘विपद्मा मेयर कार्यक्रम’ सञ्चालनसहित एक करोड पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको उपप्रमुख लामिछानेले जानकारी दिनुभयो ।

    प्रस्तुत बजेटमध्ये आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रतर्फ दुई करोड नौलाख ४० हजार, पशुपन्छी विकासतर्फ ५६ लाख ६० हजार, उद्योगतर्फ ३५ लाख, पर्यटनमा ७४ लाख, जलस्रोत तथा सिँचाइतर्फ ३० लाख र सहकारी क्षेत्रतर्फ पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै सामाजिक विकासअन्तर्गत शिक्षातर्फ २७ करोड ९९ लाख, स्वास्थ्यतर्फ चार करोड ३८ लाख, युवा तथा खेलकुदतर्फ २१ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमसहित ५७ लाख ५० हजार विनियोजन भएको छ ।

    खानेपानी तथा सरसफाइतर्फ चार करोड ७३ लाख, विविधतर्फ एक करोड ३१ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । पूर्वाधार विकासअन्तर्गत सडक तथा पुल निर्माणतर्फ दश करोड ४५ लाख, भवन, आवास तथा सहरी विकासतर्फ चार करोड २९ लाख र उर्जा कार्यक्रमका लागि आठलाख रुपैयाँ बजेट विनियोजन भएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो । यसअघि नगरसभामा नगर प्रमुख सुरत केसीले आगामी वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    प्रस्तुत नीति तथा कार्यक्रममा लगानीमैत्री वातावरण निर्माण गरिने, उत्पादन बढाउने तथा रोजगारीको सिर्जना गर्ने, मानव पुँजी निर्माण, असमानता तथा गरिबी न्युनीकरण गर्ने, दीगो विकास तथा पर्यावरणीय सन्तुलन कायम राख्ने र सङ्घीयताको मर्मअनुसार गुणस्तरीय सेवा प्रदान गरिने लगायतका विषयहरु उल्लेख गरिएको छ । यसैबीच बेनी नगरसभाले प्रस्तुत वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि आवश्यक छलफल गरी संशोधनसहित शुक्रवार नै बजेट समेत पारित गरेको बेनी नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ७ घण्टा अघि

    धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना, जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा जोड

    २३ घण्टा अघि

    (Untitled)

    २ दिन अघि

    पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत


  • ३ दिन अघि

    राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन

  • ३ दिन अघि

    क्षत्री महिला नगर समाज म्याग्दीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा उर्मिला केसी चयन

  • ४ दिन अघि

    जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी

  • ४ दिन अघि

    जलजलाको समाजकल्याण प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • समाचार
  • १

    धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना, जगन्नाथ क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्नेमा जोड
    ७ घण्टा अघि

  • २

    (Untitled)
    २३ घण्टा अघि

  • ३

    पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत
    २ दिन अघि

  • ४

    राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
    ३ दिन अघि

  • ५

    क्षत्री महिला नगर समाज म्याग्दीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा उर्मिला केसी चयन
    ३ दिन अघि

  • ६

    जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी
    ४ दिन अघि

  • ७

    जलजलाको समाजकल्याण प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ८

    मिस SEE पोखरा, मिस मगर नेपाल, SEE टपर र राष्ट्रपति रनिंग शिल्ड बिजेतालाई वेष्ट पोइन्टले सम्मान गर्यो
    ४ दिन अघि

  • ९

    मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाकाे चुनाव गर्ने सरकारकाे निर्णय
    ५ दिन अघि

  • १०

    पर्वतमा कोभिडको संक्रमण फेरी बढ्यो, स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न
    ६ दिन अघि

  • फेसबुक

    युट्युब च्यानल

    खासखुसका कुरा
    १

    फेसबुक र ट्विटरमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज
    २

    फेसबुकमा भेटिएका “रोचक र घोचक” भनाइहरु

    जलजला न्युज
    ३

    फेसबुकमा भेटिएका रोचक र घोचक बिचारहरु

    जलजला न्युज

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण: ३४६०

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

     

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution