देवी जिसी/म्याग्दी, असार-८, बेनी नगरपालिका वडा नं ७ ले वडाका चौतारी मर्मत तथा नालीको सरसफाई शुरुगरेको छ । वडा भित्र रहेका चौतारी जिर्ण बन्दै गएको अवस्थामा पुराना र सामाजिक, धार्मिक र प्राकृतिक महत्वका संरचना मर्मत सम्लाभारलै अगाडी बढाएको हो । वडाले चौतारी मर्मत सम्भारसंगै बजार क्षेत्रको नाली सरसफाई र खुल्ला मंचको समेत सरसफाइलाई समेत थालेको छ ।
बढ्दो सहरीकरण र बसाइसराईका कारण बेनी बजारमा जनसंख्याको चाप बढ्दै गएको र चौतारी र केहि खुल्ला क्षेत्रको अतिक्रमण बढ्दै गएको अवस्थामा वडाको समन्वयमा यो अभियान शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर खत्रीले बताउनुभयो । त्यसैगरी वडा नम्बर ७ का सदस्य सिर्जना श्रेष्ठले वडाका चौतारीको मर्मत र संरक्षणकार्यमा उक्त चौतारीहरु जसले निर्माण गर्नुभएको थियो उहाँका परिवारजन समेत संग्लन भएको बताउनुभयो ।
सदस्य श्रेष्ठले बेनीबजारमा गर्मीको समयमा सितल बस्न तथा थकाइ मार्ने आराम गर्ने स्थल भनेकै चौतारी भएको हुदा यी चौतारीको मर्मत सम्भार भएमा सम्पदाको संरक्षणसंगै विश्राम स्थलको रुपमा रहने र बेनपाको बजार क्षेत्र रहेको वडा नम्बर ७ र ८ मा सार्वजनिक स्थल र पार्क समेत नहुदा यिनै चौतारीलाइ संरक्षण गर्न आवास्यक रहेको बताउनुभयो ।
गर्मीमा दौंतरीहरू बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने गाउँ सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरू अहिले नासिँदै गएका छन् । चौतारी, पोखरी मानव जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचान हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुग्ने देखिन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )