देवी जिसी
बेनी, जेठ-२८, म्याग्दीको बेनी नगरपालिका ८ मा किशोरी कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा नं ८ को आयोजना र कालिगण्डकी आमा समुहको संयोजनमा वडा भित्रका १४ देखि २० वर्ष सम्मका किशोरीका लागी लक्षित गरि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद अधिकारीले कानुनी सचेतना अन्तर्गत बाल बिबाह, बहुबिबाह , लागु औषध लगायतका विषयमा र किशोरी स्वास्थ्यका बारेमा स्वास्थ्य कार्यालय म्याग्दीका गणेश सुबेदीले किशोरीहरुलाई सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कालिगण्डकी आमा समुहका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष भुनु तिलिजाले २०५४ सालमा स्थापाना भएको आमा समुहले यस्तै खालका सचेतना मुलक कार्य गर्दै आइरहेको र वडाले यस्तो महत्वपुर्ण कार्यक्रमको संयोजन गर्ने अवसर प्रदान गरेकोमा धन्यबाद दिनु भएको थियो । कार्यक्रममा वडा सदस्य जानकी विश्वकर्माले मन्तब्य ब्यक्त गर्नु भएको थियो । किशोरी लक्षित कार्यक्रमको संयोजक गौरी थापाले गर्नु भएको हो ।
बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्यको प्रमुख आतिथ्यता, कालिगण्डकी आमा समुहका अध्यक्ष भुनु तिलिजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव सबिता पुन मगरको संचालन, देवी जिसीको स्वागतमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )