पर्वत, जेठ-२७, जिल्ला समन्वय समिति गठन गर्न पर्वतमा सत्ता गठबन्धन र नेकपा(एमाले) बिच सहमति भएको छ । सहमति अनुसार प्रमुख नेकपा(एमाले)को भागमा परेको छ भने उपप्रमुख सहित बहुमत सदस्य गठबन्धनको भागमा परेको छ ।
जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको हो । प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथाबाट एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको छ । एमालेबाट प्रमुखमा बिष्णुराम बिक र गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले उमेदवारी दिने तयारी छ । एमालेले ३ सदस्य र गठबन्धनले ४ सदस्यलाई उमेदवार बनाउने सहमति पनि भएको छ ।न्युजडबलीबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )