जलजला, जेठ-१९, युवा ब्यबसायी रबिन्द्र जंग लामिछानेलाइ मल्लाजमा स्वागत गरिएको छ । लामिछानेलाइ आफ्नो पुर्ख्यौली थलो मल्लाजमा मल्लाज भगवती कोत पुजा संचालक समितिले स्वागत तथा अभिनन्दन गरेको हो । पर्वतको तिलाहारमा जमेका लामिछाने बेलायतको राजधानी लण्डनमा बसेर ब्यबसाय गर्दै आउनुभएको छ भने नेपालमा उहाँले विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आउनुभएको छ।
गर्ग गोत्रीय घर्ति क्षेत्री र कार्की क्षेत्रीको मुल थलो मल्लाजको पूर्णगाउँमा नव निर्मित कुल मन्दिरको पुनर्निर्माण पश्चात बुधबार मुर्ति स्थापना र प्राणप्रतिष्ठाको कार्यक्रममा सहिभागी हुन लन्डनबाट नेपाल आउनु भएको हो । उहाँले बताउनुभयो लामिछानेले आफ्नो कुल मन्दिरको पुनर्निर्माणको लागी आर्थिक सहयोगगर्दै आउनुभएको छ ।
जलजला गाउँपालिका वडा नं २ मा पर्ने धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय ठाउँमा घर्ती कार्कीको कुल मन्दिरको पुननिर्माण पश्चात २०७९ जेष्ठ १८ गते प्रण प्रतिष्ठा गरिएको डम्बर जिसीले बताउनुभयो । यहि जेठ ३१ गते कुल पुजा हुने उहाँले बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )