पर्वत, बैशाख-२८, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पर्वत जिल्लामा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाका अनुसार नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको ३ वटा टोली निर्वाचनमा परिचालन गरिएको छ । नेपाल प्रहरीसंगै म्यादी प्रहरीलाई समेत निर्वाचनमा परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार प्रत्येक बुथमा ५ जना शसस्त्र प्रहरीले बाहिरी घेरामा सुरक्षा प्रदान गर्दछन् भने ३ जना नेपाल प्रहरीसंग ८ जना म्यादी प्रहरीले सुरक्षा दिनेछन् । बुथको बाहिरी घेराहरुमा मात्र नेपाली सेना परिचालन गरिएको छ ।
प्रत्येक गाउँपालिकमा शसस्त्र प्रहरीको ३ वटा टिमले सुरक्षा दिईरहेका छन । यसैगरी ३ वटा नेपाल प्रहरीको टोलीले प्रत्येक गाउँपालिकामा गस्ती गरीरहेको छ । नेपाली
सेनाले समेत जिल्लाको कुश्मा, फलेवास लगाएतका स्थानहरुमा तेस्रो घेरामा बसेर सुरक्षा ब्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए । जिल्ला भर ७४० जना म्यादी प्रहरीले नेपाल प्रहरीसंग सुरुक्षा ब्यवस्थापनमा सहयोग गरीरहेका छन् ।
निर्वाचनका लागि जिल्ला भर ९ सय भन्दा बढि कर्मचारी परिचालन गरिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )