आउँदो शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बेनी नगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आसन्न निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी भएपछि आगामी पाँचवर्षे कार्यकालको अवधिमा गर्न सकिने विभिन्न योजनाहरु समावेश गरेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको एमालेले जनाएको छ ।
आगामी पाँच वर्षमा बेनी नगरको विकासका लागि अपनाइने नीति तथा रणनीतिहरूको तर्जुमा र कार्यान्वयन गर्नका लागि प्रतिबद्धतापत्रमार्फत आम नगरवासीहरुमा अपिल गरिएको बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसीले बताउनुभयो । उहाँले आफूहरुले बेनी नगर क्षेत्रमा सर्वसाधारण नागरिकको घरमै उपचारका लागि ‘मोबाइल अस्पताल’ सञ्चालन गर्नेदेखि लिएर युवालाई रोजगारको व्यवस्था गर्न श्रम बैंक स्थापना गरी तथ्याङ्क सङ्कलन गरिने जानकारी दिनुभयो ।
यसैगरी विदेशबाट फर्किएका युवाहरुबाट विदेशमा उनीहरुले सिकेको ज्ञान, सिप, अनुभव र पुँजीलाई स्वदेशमा प्रयोग गर्नेगरी आवश्यक व्यवस्था गर्नुका साथै उनीहरुको पेशा तथा व्यवसायमा सघाउनेलगायत योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएको छ । त्यस्तै समग्र नगर क्षेत्रको विकास गर्न शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सडक, विद्युत, खानेपानी र खेलकुदको विकासमा आवश्यक अल्पकालीन र दिर्घकालीन रणनीतिक योजनाहरु निर्माण गरी सोहीअनुसार बजेटको व्यवस्थापन गरेर कार्यान्वयन गरिने मेयरका उम्मेदवार केसीले जाकारी दिनुभयो । उहाँका अनुसार प्रतिबद्धतापत्रमा ढल निकास, आधुनिक ऊर्जा, कला, संस्कृतिको संरक्षण गर्नेलगायत योजनाहरु समेटिएका छन् ।
नगर क्षेत्रका महिलाहरुलाई घरेलु तथा मझौला उद्योगसँग जोड्ने (आमा समूहहरुलाई ढाका, अल्लो, अचार निर्माण, भुजा उद्योग, तथा गलैंचा बनाउने कार्यमा जोड्ने)लगायतका योजनाहरुलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बेनी नगरपालिकाको उपमेयरका उम्मेदवार पशुपति शाहीले बताउनुभयो । उहाँले महिला, दिदीबहिनीहरुको क्षमता विकास तथा व्यवसाय प्रवद्र्धन गर्नका लागि महिलाहरुद्वारा उत्पादित वस्तुको नगरपालिकाले खरिद गरी बजारीकरणको आवश्यक व्यवस्था गरिने बताउनुभयो ।
गर्भावस्थादेखि युवा, वयस्क, र वृद्धावस्थासम्मका लागि नेकपा एमालेले अघि बढाएका सामाजिक सुरक्षाका व्यवस्थालाई ध्यानमा राखी आवश्यक कार्यक्रमहरु तय गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । युवाहरुलाई स्वदेशमै रोजगारी दिएर सक्षम बनाउनका लागि आवश्यक योजना र रणनीतिहरु अपनाइने जनाइएको छ । बाँकी प्रतिबद्धतापत्रमा…
आदरणीय बेनी नगरवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु !
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने गरी नयाँ संविधान जारी भएसँगै नेपाली समाजमा युगान्तकारी परिवर्तन भएको छ । वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएदेखि नै हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले)ले लोकतन्त्र तथा देशभक्तिपूर्ण आन्दोलनका साथै सामाजिक आर्थिक रुपान्तरणको लागि आन्दोलन गर्दै आएको छ । २००७ सालयता मुलुकमा सञ्चालित विभिन्न प्रजातान्त्रिक आन्दोलनहरुमा अग्रमोर्चामा रहेर लड्दै आएको हाम्रो पार्टीले लोकतन्त्र, मानवअधिकार, आवधिक निर्वाचन, बालिग मताधिकार, बहुलवादी विचार लगायतका सवालहरुमा अटुट निष्ठा राखीआएको छ । नयाँ वर्ष २०७९ सालको आगमनसँगे यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका अवसरमा नेकपा (एमाले) देश र प्रवासमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ । यस अवसरमा राष्ट्रिय स्वतन्त्रता, सामाजिक न्याय र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीलगायत आदरणीय अग्रज नेताहरूमा उच्च सम्मान व्यक्त गर्दछ । सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा अहिले दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । यसले संघीयता, समृद्धि र समाजवादको आधारशीला निर्माणमा योगदान गर्नेछ । यस ऐतिहासिक अवसरमा नेकपा (एमाले) समृद्ध र सबल नेपाल निर्माणका निम्ती प्रतिबद्धता र सङ्कल्पसहित यो घोषणापत्र जारी गर्दछ ।
जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घर–आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर नेकपा (एमाले) सधैँ अधिकारसम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिँदै आएको छ । समावेशी प्रतिनिधित्व र विकास निर्माण एवं साधन–स्रोतमा जनताको स्वामित्वले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्ने विश्वासका साथ हाम्रो पार्टीले ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम अगाडि सारेको थियो । २०५५ सालमा पार्टीकै भूमिका एवं नेतृत्वमा स्थानीय स्वायत्त शासन ऐन लागू गरिएको थियो । त्यतिबेला स्थानीय निकायमा महिला र दलित समुदायको समावेशी प्रतिनिधित्व सुरक्षित गर्न र निर्वाचित जनप्रतिनिधिहरूका माध्यमबाट जनसहभागितामूलक विकास अभियानलाई नयाँ गति दिन पार्टीले खेलेको भूमिका सबैका सामु छर्लङ्गै छ भन्ने हामीले विश्वास लिएका छौं । नेपालको संविधान निर्माणको क्रममा नेकपा (एमाले)ले अधिकारसम्पन्न स्थानीय सरकारसहित तीन तहको सङ्घीय संरचनाका लागि निर्णायक भूमिका खेल्यो र स्थानीय तहलाई कमजोर बनाउने गलत विचारका विरुद्ध सङ्घर्ष ग¥यो । परिणामस्वरुप नेपालको संविधानमा स्वायत्त शासनसहितको स्थानीय तहको व्यवस्था भएको छ । यसलाई बिकृत र कमजोर तुल्याउन आज पनि कतिपय पार्टीहरू स्थानीय तहका अधिकार कटौती गर्ने प्रयत्नमा संलग्न छन् । नेकपा (एमाले) यस्ता षडयन्त्रलाई विफल पार्दै स्थानीय तहहरूलाई अझ बढी सशक्त, सबल र स्वायत्त रुपमा विकसित गर्न प्रतिबद्ध रहेको जानकारी गराउँछौं ।
वि.सं. २०५९–२०७४ को लामो समयसम्म लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुँदा नेतृत्व विकासको स्वभाविक प्रक्रियामा क्षति पुगेको सन्दर्भमा अहिले हुन लागेको युवाहरूको व्यापक सहभागिताले लोकतन्त्र जीवन्त बन्ने तथा जनताले गतिशील नेतृत्व पाउने अवस्था सिर्जना भएको छ । यस अवसरमा पहिलोपटक मताधिकार प्रयोग गर्न लागिरहेका सम्पूर्ण युवाहरूसहित मतदाताहरूलाई स्वागत अभिवादन गर्दै स्थानीय सरकार सञ्चालनमा सहभागी हुन समेत नेकपा (एमाले) हार्दिक आह्वान गर्दछ । झण्डै १५ वर्षपछि २०७४ मा सम्पन्न भएको स्थानीय तहहरूको निर्वाचनबाट देशमा सङ्घीयता र राज्य पुनःसंरचनाको मर्म अनुसारको काम सुरु भएको छ । उक्त निर्वाचनपछि शक्तिशाली र अधिकारसम्पन्न बनेका स्थानीय तहहरूले संविधानको परिधिभित्र रही स्वायत्त रुपमा काम गर्न थालेका छन् । पहिलोपटक जनताको स्वशासन आरम्भ भएको छ । गाउँ र नगरमा सामाजिक–आर्थिक रुपान्तरण र विकासको अभियान सुरु भएको छ । कतिपय कमजोरीका बाबजूद स्थानीय तहहरू सामाजिक न्याय, समुन्नति र आधारभूत लोकतन्त्रका नमुना बन्न थालेका छन् । स्थानीय तहको निर्वाचनबाट क्रियाशील बनेका स्थानीय सरकारहरुका कारण नेपाली राष्ट्रिय स्वाभिमान, स्वाधीनता, राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकता भुइँ तहदेखि नै सुदृढ बन्न थालेको छ । त्यसैले नेपालको विकासलाई जरैदेखि बलियो बनाउन र मुलुकको राजनीतिलाई स्थायित्व प्रदान गर्ने विशिष्ट अवसरको रुपमा स्थानीय तहको निर्वाचनलाई सदुपयोग गर्न नेकपा (एमाले), बेनी नगर कमिटी सम्पूर्ण मतदातालाई हार्दिक आह्वान गर्दछ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !
नेकपा (एमाले) नेपाली जनताको सच्चा प्रतिनिधि तथा राष्ट्रको अग्रगमन र समृद्धिका निम्ति लड्दै आएको मुख्य राजनीतिक शक्ति हो । माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गरिरहेको यो पार्टी लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिष्ट आन्दोलनको मूलधार समेत हो । सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त नेपाली विशेषताको समाजवाद निर्माण गर्न नेकपा (एमाले) दृढ प्रतिज्ञा गर्दछ ।
नागरिक स्वतन्त्रताको झण्डा उठाउँदै स्थापना भएको नेकपा (एमाले)ले राणाशासन, पञ्चायती तानाशाही र निरङ्कुश राजतन्त्रलगायत सबैखाले अधिनायकवादी शासन व्यवस्थाविरुद्ध बलिदानी सङ्घर्ष गरेको छ । पार्टीले राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलनको नीति अगाडि सार्दै सबै लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गरी २०४६ सालको आन्दोलन सफल पार्न निर्णायक भूमिका खेल्यो । २०६२÷०६३ को शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल बनाउन र पहिलो संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न पार्टीको अग्रणी भूमिका रहेको थियो । संवैधानिक राजतन्त्रमा सीमित रहन चाहने नेपाली काँग्रेसलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपु¥याउन तथा हिंसात्मक बाटो र अधिनायकवादी चिन्तन बोकेको नेकपा (माओवादी)लाई शान्तिपूर्ण प्रतिस्पर्धा र लोकतन्त्रको बाटोमा सहमत गराउन पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो । लोकतन्त्र प्राप्तिका लागि मात्रै होइन, लोकतन्त्रलाई सामाजिक न्यायसँग जोडेर सार्थक तुल्याउन पनि पार्टीले निर्णायक भूमिका खेलेको छ । यसरी आज नेकपा (एमाले) नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित भएको छ ।
नेकपा (एमाले)ले सरकार सञ्चालनको परम्परागत परिपाटीलाई परिवर्तन गरेर जनमुखी शासनका मानकहरू निर्माण गरेको छ । तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वकोे सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफै बनाऔं’, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा आदि नौ ‘स’ र सामाजिक सुरक्षाभत्ता लगायतका कार्यक्रमहरूले जनतामा नयाँ उत्साह र आशाको सञ्चार गरेका थिए । त्यतिबेला यस्ता कार्यक्रमको चर्को विरोध गर्नेहरू समेत आज तिनै नीतिहरूलाई नै पछ्याउन बाध्य हुनुले पनि हाम्रो पार्टीले सुरु गरेको जनमुखी शासनको प्रभावकारितालाई पुष्टि गरेका छन् । वि.सं. २०७२ र २०७४ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विदेशी हस्तक्षेप र नाकाबन्दीका विरुद्ध प्रदर्शन गरेको दृढ अडानले नेपालको स्वतन्त्रता र स्वाभिमानलाई गरिमामय स्थानमा पु¥याएको छ । सरकारको दृढ र गतिशील नेतृत्वका कारण छिमेकी भारत र चीनसँग राष्ट्रिय हितका पक्षमा महत्वपूर्ण सन्धी–सम्झौता भएका छन् । आउने पुस्ताले फेरि नाकाबन्दी जस्तो पीडा भोग्नु नपरोस् र त्यस्तो स्थिति आइहाले पनि नेपाली जनताले कसैका सामु झुक्नु नपरोस् भन्ने उद्देश्यले ओली नेतृत्वको सरकारले भारतसँगको निर्भरतालाई कम गरी चीनसँग समेत पारवहन सन्धी लगायतका महत्वपूर्ण सम्झौता गरिसकेको छ । त्यस सरकारले निर्माण गरेको राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय हित र विकासतर्फ परिलक्षित लोकप्रिय नीति तथा कार्यक्रम र बजेट, त्यसमा उल्लेखित सामाजिक सुरक्षाभत्ता, पूर्वाधार निर्माण, कृषिको व्यवसायीकरण लगायतका कार्यक्रमले जनतामा ठूलो उत्साह थपेका छन् । नेपालको विकास, समृद्धि र आत्मनिर्भरता सम्भव छ भनेर सरकारले जगाएको आत्मविश्वास मूल्यवान् पुँजीका रूपमा रहेको छ । हिँजो यी कार्यक्रम र सङ्कल्पप्रति आलोचना र व्यङ्ग्य गर्नेहरूले समेत आज तिनै कार्यक्रमहरू पछ्याइरहेको कुराले स्पष्ट हुन्छ– नेपालको समृद्धि र विकास–निर्माणको परिकल्पना र त्यसलाई पूरा गर्न चाहिने सङ्कल्प, दृष्टिकोण, योजना र नेतृत्व–क्षमता नेकपा (एमाले)सँग मात्रै छ । सङ्कटको बेलामा नेकपा (एमाले) कसरी जनताको साथमा उभिन्छ भन्ने कुरा विनाशकारी भूकम्पको बेला पार्टीले परिचालन गरेको स्वयंसेवी अभियानले स्पष्ट पारेको छ । नेकपा (एमाले) जनमुखी शासन व्यवस्था, लोककल्याणकारी राज्य प्रणाली, स्वाभिमान र समृद्धिको पथप्रदर्शक पार्टीको रुपमा स्थापित छ ।
विभेदरहित, समानतामा आधारित, प्रगतिशील उत्पादक शक्तिको नेतृत्वमा सञ्चालित, उच्च संस्कृतियुक्त र समृद्ध सामाजिक व्यवस्थालाई समाजवाद भनिन्छ । नेकपा (एमाले)को दृढ प्रयत्न र संविधानसभाका बहुसंख्यक सदस्यहरूको समर्थनमा पारित नेपालको संविधानले ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्य लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध’ रही समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गरेको छ । यही कुरालाई एक्काइसौं शताब्दीका विशेषताहरूसहित जनताको बहुदलीय जनवादको सिद्धान्तले मार्गदर्शन गरेको छ । मुलुकको भविष्य यसैबाट निर्देशित हुनेछ । जबजको यही मार्गनिर्देशनअनुसार नै स्थानीय सरकारका कामहरू सञ्चालन हुने पनि यहाँहरुलाई विश्वास दिलाउँछौं । अन्यौल, अस्थिरता, पछौटेपन, आर्थिक परनिर्भरता, गरिबी र बाह्य हस्तक्षेप–चलखेलको अवस्थालाई अब हामीले बदल्नैपर्छ । स्थानीय तहमा अब बन्ने नेकपा (एमाले)को सरकारले स्थानीय तहलाई सबलीकरण गर्न आवश्यक पर्ने पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन तथा सामाजिक–आर्थिक रुपान्तरणको माध्यमबाट जनतालाई समृद्ध तुल्याउने कार्यक्रमहरू कार्यान्वयन गर्नेछ । संविधानप्रदत्त शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य, पिउने पानी, खेलकुद, मनोरन्जन र स्वच्छ वातावरण, सुरक्षा लगायतका मौलिक अधिकारहरू व्यवहारमा कार्यान्वयन गर्नेछ ।
सामाजिक न्यायसहितको आर्थिक विकास र न्यायोचित वितरणसहितको आर्थिक समृद्धि नेकपा (एमाले)को विकास–नीतिको सार हो । आर्थिक सामाजिक वञ्चितीकरणमा परेका जनसमुदायको ठूलो हिस्सालाई छोडेर गरिने विकासको ढाँचाले असमानता बढाउँदै द्वन्द्व निम्त्याउँछ र दिगो शान्ति तथा विकासमा अवरोध गर्छ । हामीले खोजेको समृद्धिको दायरामा नेपाली नागरिकका मौलिक हकको प्रत्याभूति, नागरिक सुरक्षा, सामाजिक न्यायको प्रत्याभूति, सबै जात, जाति र समुदायको भाषिक, सांस्कृतिक र सामाजिक उत्थान, राज्यका साधनस्रोतको वितरणमा समन्यायिकता, भूमि, पूँजी, ज्ञान र प्रविधि जस्ता उत्पादनका साधनमा सबैको पहुँच, सबैमा ज्ञान, सीप तथा उद्यमशीलताको अवसरको सुनिश्चितता र यी सबै कार्यमा समावेश गर्न नसकिएका व्यक्ति तथा परिवारहरूका लागि राज्यप्रदत्त सामाजिक संरक्षण पर्दछन् । नेकपा (एमाले)ले राष्ट्रियताको सुदृढीकरण, आर्थिक विकास र समृद्धि, दिगो शान्ति र राजनीतिक स्थायित्वका लागि अघि सारेका रणनीतिक महत्वका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यमा आधारित रही स्थानीय सरकार सञ्चालन गरिनेछ ।
आदरणीय नगरबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु !
म्याग्दी जिल्लाको सदरमुकाम समेत रहेको बेनीबजारलाई आधार बनाएर हाम्रो बेनी नगरपालिका अवस्थित छ । पूर्वमा कालीगण्डकी नदी, पश्चिममा मंगला गाउँपालिका, उत्तरमा रघुगंगा गाउँपालिका र दक्षिणमा बागलुङ जिल्लाको बागलुङ नगरपालिकाको सिमानासँग बेनी नगरपालिका जोडिएको छ ।
भौगोलिक अवस्थितिः अक्षांश २८ डिग्री, २२ मिनेट, ३० सेकेन्ड उत्तर र देशान्तर ८३ डिग्री, ३४ मिनेट पूर्वमा अवस्थित छ । समुद्री सतहको ८ सय ९९ मिटरदेखि २३०० मिटरको उचाइमा अवस्थित बेनी नगरपालिका ७६.५७ वर्ग कि.मि. मा फैलिएको छ । बेनी नगरको भूगोललाई दृष्टिगत गर्दा यसको ५० प्रतिशतभन्दा धेरै भू–भाग भिरालो रहेको र झण्डै ५ प्रतिशत भूगोल मात्रै समथर रहेको छ । धार्मिक, ऐतिहासिक, शैक्षिक एवं उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वको कालीगण्डकी करिडोरलाई आफूभित्र समेटेको बेनी नगरको सामाजिक आर्थिक रुपान्तरणका अनेक सम्भावना हामीले देखेका छौं । कुल घरधुरी संख्या ७२०२ तथा जनसंख्या ३३०६२ रहेको नगरपालिकालाई सामाजिक आर्थिक रुपमा सम्पन्न बनाउन नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दी तथा बेनी नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति निर्माण गरी अघि बढिरहेको कुरा जानकारी गराउँदै नगर क्षेत्रका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतको समन्यायिक विकासको लागि प्रतिबद्धता जाहेर गर्दछौं ।
आदरणीय जनसमुदाय !
आगामी पाँच वर्षमा बेनी नगरको विकासका लागि अपनाइने नीति तथा रणनीतिहरूको तर्जुमा र कार्यान्वयन निम्नअनुसार गरिनेछ ।
ड्ड बेनी नगरको सामाजिक–आर्थिक रुपान्तरणका लागि आवश्यक पर्ने ऐन–कानुन, नियमावली, कार्यविधि, निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा लगिनेछ । आवश्यकताअनुसार मौजुदा कानुनको संशोधन गरिनेछ ।
ड्ड बेनी नगरको समग्र विकासका लागि वार्षिक योजना, आवधिक, दीर्घकालीन गुरुयोजना निर्माण एवं विभिन्न क्षेत्रगत योजनाको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
ड्ड वैज्ञानिक भू–उपयोगसम्बन्धी योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
ड्ड बेनी नगर क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकको विवरण अनलाइन सिस्टममा दर्ता गर्ने, सबै वडा कार्यालय, नगर कार्यपालिका तथा अन्य सरोकारवाला निकायका बीचमा नेटवर्किङ प्रणालीको स्थापना तथा विकास गर्दै लगिनेछ ।
ड्ड योजना कार्यान्वयन तथा बजेट विनियोजन गर्दा पूर्व अध्ययन तथा लाभ लागत विश्लेषणलाई मुख्य आधार बनाइनेछ ।
ड्ड बेनी नगर क्षेत्रमा भएका विकास निर्माण लगायतका कार्यहरुको अनुगमन र नियमनका लागि प्रभावकारी संयन्त्र विकास गरिनेछ ।
ड्ड नगरपालिकाको प्रोफाइल तयार गरी अद्यावधिक गर्दै लगिनेछ ।
नेपालको संविधानले प्रत्याभूत गरेका एवं स्थानीय सरकार सञ्चालन ऐन, (२०७४)मा उल्लेख भएका विषयगत क्षेत्रहरुको विकासका लागि आगामी पाँच वर्षमा निम्अनुसारको काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्दछौंः
शिक्षातर्फः
ड्ड संविधानले प्रत्याभूत गरेअनुसार प्रारम्भिक बालविकास तथा शिक्षामा निश्चित भोगोलिक दूरीमा सबै बालबालिकाको पहुंँच विकास गर्दै लगिनेछ ।
ड्ड विद्यालय जाने उमेरका सबै बालबालिकालाई आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुंँच बनाइनेछ, प्रौढ तथा विद्यालय अभिभावक शिक्षा, विद्यालय बाहिरका बालबालिका शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी कार्यहरू सञ्चालन गरी त्यसका लागि स्रोत व्यवस्थापन गरिनेछ ।
ड्ड बेनी नगरपालिका–९, तोरीपानीमा सञ्चालित प्राविधिक धारतर्फको शिक्षालाई बहुविधामा कक्षा सञ्चालन गर्ने, प्राविधिक सिप तथा व्यवसायिक तालिम प्रदान गर्ने व्यवस्था मिलाउने र त्यसबाट लाभान्वित हुने सङ्ख्याको यकिन गरी रोजगारी उपलब्ध गराउन पहल गरिनेछ ।
ड्ड बेनी नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको योजना ल्याइनेछ । साथै शिक्षामा लैङ्गिक समानता कायम गर्दै विद्यालय छोड्ने दरमा व्यापक सुधार ल्याइनेछ ।
ड्ड नयाँ विद्यालय निर्माण, पुस्तकालयको व्यवस्था (इ–लाइब्रेरीसमेत), खेलकुद मैदान निर्माण, थप विद्यालय कक्षा कोठा निर्माण, विद्यार्थी संख्याको निश्चित अनुपातमा शिक्षकको व्यवस्था गरिनेछ ।
ड्ड गरिब तर जेहेन्दार विद्यार्थीले प्राविधिक विषय पढ्न चाहेमा अध्ययनपछि तोकिएको क्षेत्रमा सेवा उपलब्ध गराउने शर्तमा उच्च शिक्षाको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ । यसका लागि आवश्यक कानुन तर्जुमा गरिनेछ ।
ड्ड बालिकामैत्री शौचालयको व्यवस्था, स्यानिटरी प्याडको नियमित र भरपर्दो वितरण, बालिका छात्रवृत्ति, कम्तीमा एक विद्यालय एक स्वास्थ्य परिचारिकाको व्यवस्था एवं पोशाक वितरण, दिवा खाजाजस्ता कार्यक्रममार्फत् विद्यार्थी प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ड्ड आधारभूत तहको कक्षा ४ देखि ८ सम्म स्थानीय पाठ्यक्रमले संबोधन गर्ने गरी नैतिक र संस्कृत विषयको पठनपाठनको व्यवस्था मिलाइनेछ ।
ड्ड विद्यार्थीको चौतर्फी विकासका लागि स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापको व्यवस्था गरिनेछ । पालिकास्तरमा वार्षिक खेलकुद सप्ताह मनाउने व्यवस्था गरिनेछ । एक मावि, एक खेलकुद शिक्षकको व्यवस्था गरिनेछ ।
ड्ड पर्वतारोहण सम्बन्धी विषयको अध्ययनअध्यापनको व्यवस्था मिलाइनेछ ।
ड्ड स्थानीय स्तरमा पुस्तकालय तथा वाचनालयको स्थापना गरी तिनको विकास एवं व्यवस्थापन गर्दै लगिनेछ ।
ड्ड बेनी नगरभित्र ‘एप्रिन्टिसिप’को सुविधासहितको विशेष सुविधासम्पन्न व्यावसायिक विद्यालय स्थापना गरिनेछ ।
ड्ड म्याग्दी बहुमुखी क्याम्पसलाई विषयगत एवं तहगत रुपमा विविधिकरण गर्न प्रदेश र संघ सरकारसँग सहकार्य गरी अघि बढिनेछ ।
ड्ड नगर क्षेत्र भित्रका सामुदायिक विद्यालय तथा क्याम्पसहरुका लागि सवारीसाधन उपलब्ध गराइनेछ ।
स्वास्थ्यतर्फः
संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा उपयोग गरिनेछ ।
ड्ड बेनी नगर क्षेत्रका वार्ड तथा वस्तीस्तरका स्वास्थ्यचौकीहरुमा नियमित रुपमा विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण वा घुम्ती सेवा उपलब्ध गराइनेछ ।
ड्ड स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन गर्दै सबैखाले खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमनको व्यवस्था मिलाइनेछ ।
ड्ड गर्भवती सबै महिलाले स्वास्थ्य केन्द्रमा गई प्रसूति हुने गरी पूर्वाधार र प्रोत्साहनको व्यवस्था गरिनेछ ।
ड्ड गर्भावस्थामा नै पौष्टिक आहार वितरण, स्वास्थ्य परीक्षण, मातृत्व शिक्षा र शिशु स्याहारका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड सङ्घ, प्रदेश एवं निजी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा भएका अस्पताल निर्माण, सञ्चालन तथा स्वास्थ्य सेवासँग सम्बन्धित कार्यमा सहजीकरण गरिनेछ ।
ड्ड ज्येष्ठनागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिनेछ । स्वास्थ्य केन्द्र तथा अस्पतालबाट निःशुल्क वितरण हुने औषधिको अनुगमन, विपन्न तथा अपाङ्गता भएका व्यक्तिको सहज औषधोपचारको प्रबन्ध मिलाइनेछ ।
ड्ड गरिब तथा विपन्न लक्षित स्वास्थ्य बिमा कार्यक्रमलाई निःशुल्क गरिनेछ ।
ड्ड नगर क्षेत्रभित्र ‘मोबाइल अस्पताल’ सञ्चालन गर्नेबारे आवश्यक कानुन बनाई कार्यान्वयनमा लगिनेछ ।
ड्ड बिरामीलाई घरदेखि अस्पतालसम्म ल्याउन एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
खानेपानी तथा ढल निकासः
ड्ड सबैमा आधारभूत खानेपानी आपूर्ति तथा स्वच्छ पानी वितरणका लागि स्रोतको पहिचान गरी आयोजनाहरू सञ्चालन गरिनेछ ।
ड्ड नगर क्षेत्रभित्रका खानेपानीका स्रोत पहिचान गरी ‘एक घरः एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ड्ड जलाधारको संरक्षण तथा खानेपानीको मुहान संरक्षण कार्यलाई प्राथमिकतामा राखिनेछ ।
ड्ड सदरमुकामसमेत रहेको बेनीबजारको सडकको दुवैतर्फ फुटपाथसहितको ढल विकास गरिनेछ ।
फोहोरमैला व्यवस्थापन र सरसफाईः
ड्ड बेनी नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि गुरुयोजना तर्जुमा गरी दीर्घकालीन समाधान खोजिनेछ ।
ड्ड बेनी नगरपालिका–६, जलेश्वरमा व्यवस्थापन गरिँदै आएको फोहोरलाई वैकल्पिक ठाउँको पहिचान गरी व्यवस्थापन गरिनेछ ।
ड्ड फोहोर मैला सङ्कलन, प्रशोधन, पुनः प्रयोग तथा व्यवस्थापनका सम्बन्धमा सार्वजनिक, निजी साझेदारी पद्धति अपनाइनेछ ।
ड्ड फोहोर मैला व्यवस्थापन र सरसफाईसम्बन्धमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्युतीकरण र आधुनिक ऊर्जाः
ड्ड सङ्घीय सरकारका विभिन्न निकायहरूसँग गरिएका पहल, समन्वय तथा सहकार्यमा भएका विद्युतीकरणसम्बन्धी कार्यहरूलाई निरन्तरता दिइनेछ ।
ड्ड विद्युत् ऊर्जा उत्पादन सम्बन्धमा सङ्घ, प्रदेश एवं विभिन्न निकायसँगको पहलकदमीमा सञ्चालित जलविद्युत लगायतका आयोजना र त्यसबाट हुने लाभका सम्बन्धमा सहजीकरण एवं सहकार्य गरिनेछ ।
ड्ड वैकल्पिक ऊर्जाका स्रोतहरुको पहिचान, योजना निर्माण तथा कार्यान्वयनमा जोड दिइनेछ ।
ड्ड नगर क्षेत्रका जनताहरुलाई स्थानीय स्तरमा उत्पादन हुने जलविद्युत् आयोजनाहरुमा आर्थिक लगानीका लागि प्रोत्साहन गरिनेछ।
ड्ड नगर क्षेत्रमा सुरक्षित विद्युत् प्रवाहका लागि मौजुदा तारहरुलाई एबिसी केबलमार्फत् विस्थापित गरिनेछ ।
ड्ड नगरको बजारउन्मुख क्षेत्रहरुमा सडकबत्तीको रुपमा सौर्य ऊर्जा प्रणाली जडान गरिनेछ ।
जलस्रोत तथा सिँचाइः
ड्ड नगर क्षेत्रका कृषियोग्य भूमिको सिंँचाइका लागि पोखरी निर्माण, कुलो तथा नहर निर्माण, मर्मतसम्भारका लािग सङ्घ र प्रदेशको सहकार्यमा ५ वर्षभित्रै सिँचाइ सुविधा पु¥याउन पहल गरिनेछ ।
ड्ड स्थानीय जलाधार क्षेत्रको संरक्षण, बाढी पहिरो नियन्त्रण, जलबाट उत्पन्न हुने सबै प्रकारका जोखिमको न्यूनीकरण र जलस्रोतको बहुआयामिक प्रयोगका लागि कानुन तर्जुमा गरी अघि बढिनेछ ।
सडक तथा यातायातः
ड्ड बेनी नगर क्षेत्रमा सञ्चालित सडकमध्ये रणनीतिक महत्वका सडक पहिचान गरी कालोपत्रे गरिनेछ । साथै नगर क्षेत्रमा रहेका गोरेटो बाटो, सडक पेटी तथा पैदलमार्गको उचित विकास तथा व्यवस्थापन गर्दै लगिनेछ ।
ड्ड नगर क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै लगिनेछ । ग्रामीण क्षेत्रका हकमा सडक सुरक्षा, दुर्घटना रोकथामका कार्यलाई प्राथमिकता दिइनेछ ।
ड्ड नगरपालिकाको केन्द्रदेखि वडा केन्द्रसम्मको सडकमा संघ र प्रदेश सरकारसँगको सहकार्यमा आगामी पाँच वर्षभित्र पालैपालो बजेट विनियोजन गरी सबै वडासम्म पुग्ने गुणस्तरीय सडक निर्माण सम्पन्न गरिनेछ ।
ड्ड सडक तथा यातायात क्षेत्रमा भएको निजी क्षेत्रको सहभागितालाई व्यवस्थापन गर्न नगरपालिका र व्यवसायीबीच समझदारी कायम गर्दै एकीकृत यातायात सञ्चालनबारे आवश्यक नीति तर्जुमा गरी कार्यान्वयनमा लगिनेछ ।
ड्ड गण्डकी प्रदेश सरकारको सहयोगमा सुरु भएको व्यवस्थित बसपार्क निर्माण कार्यलाई पूर्णता दिइनेछ ।
ड्ड बेनीबजार क्षेत्रका गल्लीहरुलाई ‘नमुना गल्ली’का रुपमा विकास गरिनेछ ।
ड्ड अस्पताल चोकदेखि जामुनाखर्क जोड्ने सडकलाई रणनीतिक सडकका रुपमा विकास गर्दै लगिनेछ ।
ड्ड बेनी बजारमा सहज यातायातका लागि निर्माणाधीन चक्रपथलाई पूर्णता दिइनेछ । साथै बेनी नगरपालिका क्षेत्रलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणलाई व्यवस्थित रुपमा अघि बढाइनेछ ।
ड्ड गलेश्वर–राउवडा–जामुनाखर्क–अर्थुङ्गे, थाकनपोखरी–छाप–डाँडाखेत–ठूलोखोला जोड्ने मोटरबाटोको निर्माण तथा स्तरोन्नति गरिनेछ ।
ड्ड बेनी–अर्थुृङ्गे –घतान–पात्लेखेत–पाखापानी जोड्ने मूल सडकको स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारसँग सहकार्य गरिनेछ ।
ड्ड अर्थुङ्गे–भराले–ढुङ्गानाथर–पुत्लेढुङ्गा–भीरमुनी–सुनाले हुँदै चिप्लेटी–डडुवा जोड्ने सडकको निर्माण तथा स्तरोन्नति गरिनेछ ।
ड्ड म्याग्दी प्रवेशद्वारदेखि गलेश्वरधासम्मको सडकलाई स्तरोन्नति गरिनेछ ।
आवास व्यवस्थाः
सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा नगर क्षेत्रभित्र जनता आवास, सुरक्षित आवास, विपद् पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमहरु अघि बढाइनेछ ।
ड्ड राष्ट्रिय भवनसंहिताको व्यवस्थालाई लागू गरिनेछ । यसका लागि मापदण्डको तर्जुमा, कार्यान्वयन र अनुगमनलाई तीव्रता दिइनेछ ।
ड्ड घर तथा भवनको नक्सा पास प्रणालीलाई सरल बनाई सोका बारेमा नियमित अनुगमनको व्यवस्था गरिनेछ ।
ड्ड नगर क्षेत्रमा हुँदै आएको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै लगिनेछ ।
कृषि तथा पशुपन्क्षीः
ड्ड कृषियोग्य जमिनमा उत्पादकत्व वृद्धिका लागि उन्नत जातको बिऊ र आधुनिक प्रविधिको उपयोगमा जोड दिइनेछ ।
ड्ड रैथाने बिउबिजनको संरक्षणमा विशेष ध्यान दिइनेछ ।
ड्ड कृषि बिमा प्रबन्धको सहजीकरण, कृषि कर्जाको उपलब्धताका लागि समन्वय गर्नुका साथै कृषि तथा पशु सेवामा सहयोग गर्न प्राविधिक जनशक्तिको थप व्यवस्था गरिनेछ ।
ड्ड कृषिको उत्पादकत्व वृद्धि, उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणसम्बन्धी कार्यहरूलाई व्यवस्थित गरिनेछ ।
ड्ड कृषकहरुको क्षमता विकास, कृषि तथा पशुपन्छीसम्बन्धी तालिम सञ्चालन, प्रचारप्रसार, प्राविधिक सेवा तथा कृषि सामग्री आपूर्तिका कार्यलाई सहज र सुलभ बनाउन पहल गरिनेछ ।
ड्ड कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाए नपाएको विषयमा अनुगमन र निगरानीको व्यवस्था गरिनेछ ।
ड्ड नगर क्षेत्र भित्रका बासिन्दाहरुको घर, आँगन, खेतबारीमा रहेका अनावश्यक रुख र बुट्यानहरुलाई विस्थापित गरी नगदेबाली लगाउन कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
ड्ड नगरपालिकाको वडा नं. २ र ३ को माथिल्लो भेगमा सिल्टिमुर, २, ३ र ४ को उपयुक्त ठाउँमा सुन्तलाको पकेट क्षेत्र, ५, ६, ९ र १० को उपयुक्त स्थानमा व्यावसायिक टिमुर खेती प्रवद्र्धन गरी बजारीकरण गरिनेछ ।
ड्ड व्यावसायिक कृषि प्रणालीको प्रबद्र्धन गर्न कृषि सहकारीको स्थापना, सहकारीका माध्यमबाट कृषि उपजको खरिद, सङ्कलन, प्रशोधन, भण्डारण, बजारीकरण तथा बिक्री वितरणलाई व्यवस्थित बनाइनेछ ।
ड्ड जैविक (अग्र्यानिक) खेतीको विकासका लागि आवश्यक पर्ने प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन र जलवायु परिवर्तनमैत्री कृषि प्रणालीको विकासमा जोड दिइनेछ ।
ड्ड पशु बधशालालाई व्यवस्थित गर्दै नगर क्षेत्रभित्र उत्पादित वस्तुको भण्डारणका लागि शीत भण्डारहरूको स्थापना तथा व्यवस्थापनतर्फ ध्यान दिइनेछ ।
ड्ड नगर क्षेत्रको सिँचाइलाई व्यवस्थित र भरपर्दो बनाउन नदीको पानी उकास (लिफ्ट), कुवाको संरक्षण, पोखरी निर्माण लगायतका कार्यमा जोड दिइनेछ ।
ड्ड सरकारी स्वामित्वका बैंकहरुसँगको समन्वयमा नगर क्षेत्र भित्रका नमुना कृषक पहिचान गरी सहुलियतपूर्ण कर्जाको लागि मध्यस्थता गरिनेछ ।
सहकारी क्षेत्रः
ड्ड स्थानीय सहकारी संस्थाको दर्ता, नियमन, प्रवद्र्धन तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड सार्वजनिक–निजी, सार्वजनिक–सहकारी एवं सार्वजनिक–सामुदायिक साझेदारीसम्बन्धी नीति तथा कानुनहरूको व्यवस्था तथा यसका आधारमा स्थानीय पूर्वाधार प्रवद्र्धन र व्यावसायिक विकासका लागि पहल गरिनेछ ।
ड्ड बचत तथा ऋण सहकारीका माध्यमबाट उत्पादनमूलक क्षेत्रमा पुँजी परिचालन गर्ने र वित्तीय क्षेत्रमा सर्वसाधारण नागरिकको पहँुच अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ ।
भूमि व्यवस्थापन, सहरी विकास तथा वस्ती विकासः
ड्ड बेनी नगरपालिकामा भू–उपयोग ऐनको कार्यान्वयन गर्नेबारे योजना तर्जुमा गरी कार्यान्वयनमा लगिनेछ ।
ड्ड योजनाबद्ध, व्यवस्थित एवं एकीकृत वस्ती विकासबारे अध्ययन गर्ने कार्य सुरुआत गरिनेछ ।
ड्ड जोखिमयुक्त वस्ती तथा घरहरूको स्थानान्तरण एवं व्यवस्थापनमा जोड दिइनेछ ।
ड्ड सुकुम्बासी समस्याको समाधानका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढिनेछ ।
ड्ड सार्वजनिक जग्गाको संरक्षण, विकास तथा व्यवस्थापनका लागि कार्यदल गठन गरी प्राप्त सुझावका आधारमा अघि बढिनेछ ।
ड्ड नगर क्षेत्रमा रहेको जमिनको अद्यावधिक विवरणका लागि नापी नक्सा डिजिटाइजेसन तथा पुनः नापीसम्बन्धी कार्यहरू अघि बढाइनेछ ।
पर्यटन पूर्वाधार विकासः
ड्ड बेनी नगर क्षेत्रमा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनसँग सम्बन्धित पर्यटकीय क्षेत्रहरूको पहिचान र विकासका लागि आवश्यक नीति तर्जुमा गरी कार्यान्वयनमा लगिनेछ ।
ड्ड नगर क्षेत्रको सौन्दर्य वृद्धि एवं पर्यटकीय आकर्षणका लागि बगैँचा तथा पार्कहरूको विकास तथा व्यवस्थापन गरिनेछ ।
ड्ड पर्यटन गन्तव्य स्थलमा शान्तिपूर्ण वातावरण, व्यवस्थित होटल, रेष्टुरेन्ट एवं घरबास कार्यक्रम (होमस्टे) सञ्चालन गरी सहज यातायातको प्रबन्ध गरिनेछ ।
ड्ड निजी क्षेत्रसँगको साझेदारीमा कम्पनी सञ्चालन गरी पर्यटन क्षेत्रमा लगानी गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
ड्ड संघ तथा प्रदेश सरकारको सहयोगमा नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा पूर्वाधार विकासका लागि जोड दिइनेछ ।
ड्ड नगर क्षेत्र भित्रका ज्यामरुककोट, गलेश्वरधाम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, टोड्के लगायतका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वका ठाउँहरुको संरक्षण, पूर्वाधार निर्माण र एकीकृत विकासका लागि गुरुयोजना तयार गरी अघि बढिनेछ ।
ड्ड बेनी–आँपारुख–एक्लेपिपल–गुफा–पुलस्त्यपुलहाश्रम–गाजने–डढेकोट–टोड्के जोड्ने व्यवस्थित पदमार्ग निर्माण गरिनेछ ।
ड्ड गलेश्वरधाम–नेप्टेचौर–कपिलाश्रम हुँदै पुलहाश्रम जोड्ने पदमार्गको निर्माण गरिनेछ ।
कला, संस्कृति तथा पुरातात्विक सम्पदाः
ड्ड नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण सम्पदाहरूको जीर्णोद्धार, संरक्षण र संबर्धनसम्बन्धी कार्यहरू सञ्चालन गरिनेछ ।
ड्ड नगरपालिकाको वार्ड नं. ५, पछैस्थित पुलहाश्रम क्षेत्रमा सुविधासम्पन्न ध्यान केन्द्रको स्थापना गरिनेछ ।
ड्ड नगर क्षेत्रमा सञ्चालन हुँदै आएका सांस्कृतिक मेला, पर्व एवं जात्राहरूको सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
ड्ड नगर क्षेत्रको जातीय पहिचान एवं कला, संस्कृतिबारे जानकारी गराउन संग्रहालय स्थापनाका लागि पहल गरिनेछ ।
युवा तथा खेलकुदः
ड्ड युवालाई उद्यमशीलतासँग जोड्न आवश्यक तालिम, व्यावसायिक सिपमूलक शिक्षा र प्रयोगात्मक अभ्यास (इन्टर्नसिप)को व्यवस्था मिलाइनेछ ।
ड्ड युवालाई स्वरोजगार बनाउन बिऊ पुँजीको व्यवस्थाका लागि पहल गरिनेछ ।
ड्ड उद्यमको विकास तथा प्रवद्र्धनमा युवा परिचालन तथा प्रत्येक वार्डमा युवाकेन्द्रित उद्यम व्यवसायको व्यवस्था मिलाइनेछ ।
ड्ड छुवाछूत, दाइँजो, जातीय तथा लैङ्गिक भेदभावको अन्त्य गर्न, सामाजिक कुरीति हटाउँदै समाजको रूपान्तरणमा युवाहरूको भूमिका बढाउँदै लगिनेछ ।
ड्ड युवाहरूको व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक माध्यमबाट स्थानीय विकास निर्माणमा युवा परिचालनलाई प्राथमिकतामा राखिनेछ ।
ड्ड विपद्, महामारी, विकास निर्माण कार्य, सरसफाई तथा वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिका लागि युवा स्वयंसेवकहरूको परिचालनमा जोड दिइनेछ ।
ड्ड खेलकूदको विकास तथा पञ्वद्र्धनका लागि एक वडा एक खेलकूद कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिनेछ ।
महिला समानता र सशक्तिकरणः
ड्ड संविधानले मौलिक हकमा प्रत्याभूत गरेका महिलाका शिक्षा, स्वास्थ्य, रोजगारी, र सामाजिक सुरक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्न सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्ने ।
ड्ड महिला उद्यमशीलतामार्फत् स्वरोजगारी बढाउने कार्यक्रम तय गर्ने, श्रम गर्ने महिलाको समान ज्याला, कार्यस्थलमा लैङ्गिक हिंसा, घरेलु हिंसा तथा सामाजिक भेदभाव हटाउन कार्ययोजना ल्याइनेछ ।
ड्ड नगर क्षेत्रका महिलाहरुलाई घरेलु तथा मझौला उद्योगसँग जोड्ने (आमा समूहहरुलाई ढाका, अल्लो, अचार निर्माण, भुजा उद्योग, तथा गलैंचा बनाउने कार्यमा जोड्ने)
ड्ड महिलाहरुद्वारा उत्पादित वस्तुको नगरपालिकाले खरिद गरी बजारीकरणको व्यवस्था गर्दै लगिनेछ ।
ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका, अशक्त र पिछडिएका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षाः
सङ्घ र प्रदेश सरकारको बजेट व्यवस्थापनअन्तर्गत जीवनचक्रमा आधारित सामाजिक सुरक्षाका व्यवस्थाको कार्यान्वयन र अनुगमनको व्यवस्था गरिनेछ ।
गर्भावस्थादेखि युवा, वयस्क, र वृद्धावस्थासम्मका लागि नेकपा एमालेले अघि बढाएका सामाजिक सुरक्षाका व्यवस्थालाई ध्यानमा राखी आवश्यक कार्यक्रम तय गरिनेछ ।
ड्ड स्वास्थ्य बिमा कार्यक्रमलाई व्यापक बनाउँदै नगर क्षेत्रका सबै परिवारलाई उक्त कार्यक्रममा सहभागी गराउन पहल गरिनेछ ।
ड्ड जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत सङ्कलन गरी स्थानीय स्तरमा गर्न सकिने सहयोगको खाका तयार गरिनेछ ।
ड्ड स्थानीय पूर्वाधारलाई अपाङ्गता मैत्री बनाउँदै अशक्त व्यक्तिका लागि सहजरूपमा आधारभूत सेवा पु¥याउने व्यवस्था गरिनेछ ।
ड्ड संविधानमा उल्लेख भएका दलितका हक सम्बन्धी कार्यक्रमहरू सङ्घ तथा प्रदेश सरकारको सहकार्यमा अघि बढाउने व्यवस्था गरिनेछ ।
ड्ड आजका बालबालिका भोलिका कर्णधार हुन् भन्ने यथार्थलाई आत्मसात३ गर्दै बालश्रमको अन्त्य गर्न बालमैत्री कार्यक्रम तर्जुमा गरिनेछ ।
ड्ड बेनी नगरलाई सडक बालबालिका मुक्त बनाउन अनाथालय र सेवाकेन्द्र निर्माण गर्ने तथा अशक्त तथा मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनस्र्थापना र व्यवस्थापनमा ध्यान दिइनेछ ।
ड्ड जेष्ठ नागरिकका लागि मिलन केन्द्रको स्थापना, स्वास्थ्य परीक्षण सेवा तथा उनीहरूको अनुभवको उपयोगबारे कार्ययोजना तयार गरी काम शुरु गरिनेछ ।
ड्ड समाज कल्याण सम्बन्धी संस्थाहरूको दर्ता, नियमन र अनुगमनलाई व्यवस्थित बनाइनेछ ।
ड्ड सामाजिक रूपान्तरण एवं मानवीय सहायताका क्षेत्रमा काम गर्दै आएका परोपकारी संस्थासँग सहकार्य गरिनेछ ।
गरिबी निवारण तथा रोजगारी सिर्जनाः
ड्ड नगर क्षेत्रका विपन्न वा गरिब परिवारको पहिचान र तथ्याङ्क सङ्कलन गरिनेछ । साथै गरिबी निवारणसँग सम्बन्धित कार्यक्रमलाई लक्षित परिवारतर्फ केन्द्रित गरिनेछ ।
ड्ड विपन्न परिवारलाई उत्पादनका साधन उपलब्ध गराई काम, रोजगारी र आयआर्जनको अवसर उपलब्ध गराइनेछ ।
ड्ड श्रम बैंक सञ्चालनका लागि आवश्यक पर्ने तथ्याङ्क सङ्कलन एवं सूचना प्रणालीको विकास र रोजगार सूचना केन्द्रको व्यवस्था गरिनेछ ।
ड्ड श्रम गर्न सक्ने र चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिनेछ ।
ड्ड स्वरोजगारीका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम तय गरिनेछ ।
ड्ड वैदेशिक रोजगारीमा जानेका लागि कम्तीमा एउटा सिपमूलक तालिम दिने तथा विदेशबाट फर्केका व्यक्तिहरू (रिटर्नी)को ज्ञान, सिप र पूँजीको सदुपयोग गर्न आवश्यक व्यवस्था गरिनेछ ।
वन तथा वातवरण एवं विपद् जोखिम व्यवस्थापनः
ड्ड नगर क्षेत्रका खाली पाखोमा वृक्षारोपण गर्ने, विभिन्न वनको संरक्षण एवं व्यवस्थापन र निजी वनको विकासका लागि उपयुक्त कार्यक्रम ल्याइनेछ ।
ड्ड नगर क्षेत्रको विकास गर्दा सकेसम्म डोजरको सट्टा श्रमको प्रयोग (हरित प्रविधि) मा जोड दिइनेछ ।
ड्ड विपद्बाट हुने मानवीय तथा भौतिक क्षति रोक्न भूसंरक्षण तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यहरू, नदी तटबन्धन तथा बाढी नियन्त्रणसम्बन्धी कार्यहरू तर्जुमा गरिनेछ ।
ड्ड वन डढेलोबाट हुनसक्ने क्षति रोक्न प्रतिकारात्मक तथा उपचारात्मक कार्यक्रम तय गरिनेछ ।
ड्ड विभिन्न प्रकारका विपद्हरूको सामना गर्न पूर्वतयारी तथा आपतकालीन उद्धार, राहत एवं पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी कार्यहरू तर्जुमा गरिनेछ ।
ड्ड विपद्–जोखिम नक्साङ्कन तथा विपद् व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयनमा लगिनेछ ।
ड्ड वन क्षेत्रमा हुने मानवीय अतिक्रमण रोक्न प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरिनेछ ।
ड्ड सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा जडिबुटी एवं वन पैदावरको उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी कार्यहरू अघि बढाइनेछ ।
ड्ड बेनी नगरको माथिल्लो भौगोलिक क्षेत्रबाट आउने बाढीको समुचित निकासका लागि आवश्यक ठाउँमा स्थायी समाधानका उपाच खोजिनेछ ।
लघु उद्योग एवं स्थानीय बजार व्यवस्थापनः
ड्ड नगर क्षेत्रमा लघु, साना एवं मझौला उद्योगहरूको स्थापना र विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइनेछ ।
ड्ड स्थानीय व्यापार प्रवद्र्धन गर्न हाटबजार पूर्वाधारको विकास र व्यवस्थापन गरिनेछ ।
ड्ड उद्यमशीलता विकासका लागि आवश्यक सीप विकास, तालिम तथा बीजपुँजीको व्यवस्थामा जोड दिइनेछ ।
स्थानीय स्रोत–साधन तथा राजस्व परिचालनः
ड्ड नगरपालिकाले लिने स्थानीय कर, सेवा शूल्क तथा दस्तुर परिचालनलाई व्यवस्थित एवं पारदर्शी बनाइनेछ ।
ड्ड राजस्वको दायरालाई फराकिलो बनाउँदै राजस्व छली रोक्न आवश्यक संयन्त्रको स्थापना र विकास गरिनेछ ।
ड्ड सूचना प्रविधिमा आधारित करदाताको विवरण तयार पारी राजस्व सङ्कलनको व्यवस्था मिलाइनेछ ।
ड्ड राजस्व सङ्कलनमा नगरबासीको सुविधाका लागि सबैखाले करहरु एकद्वार प्रणालीबाट बुझ्नका लागि बैंकहरुसँग समन्वय गरिनेछ।
ड्ड राजस्व परिचालनको दीर्घकालीन योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनको व्यवस्था गरिनेछ ।
ड्ड नगर क्षेत्रभित्रका राजस्व सङ्कलन केन्द्रमा करदाताहरुको उच्च मनोबल कायम गर्नका लागि करदातामैत्री बसाइ व्यवस्था र द्रुत सेवाप्रवाहको व्यवस्था मिलाइनेछ ।
नगरसभा सञ्चालन एवं व्यवस्थापनः
ड्ड संविधानले प्रत्याभूत गरेका एकल अधिकार सूचीका सबै कानुन निर्माण गरिनेछ ।
ड्ड बेनी नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, खरिद, राजस्व परिचालन, प्राकृतिक स्रोत (जमीन, वनङ्गगल, जलस्रोत, आदि) को व्यवस्थापन सम्बन्धी आवश्यक कानुन निर्माण गरिनेछ ।
ड्ड बेनी नगरपापलिकाको विकासका प्रमुख मुद्दा पहिचान गरी त्यसमा राजनैतिक सहकार्य र सहमतिको मर्मलाई आत्मसात् गरी अघि बढिनेछ ।
न्यायिक समिति एवं मेलमिलाप र मध्यस्थताको व्यवस्थापनः
ड्ड न्यायिक समितिको कार्य सम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माण, समितिको क्षमता विकास एवं स्थानीय मेलमिलाप र मध्यस्थताको व्यवस्थापनका लागि सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
ड्ड न्याय प्राप्तिमा स्थानीय जनताको पहुँच सुनिश्चित गर्न त्यसलाई सक्दो छरितो बनाइनेछ ।
ड्ड न्यायिक समितिका फैसलाहरूको कार्यान्वयन र सो को अनुगमन कार्यलाई व्यवस्थित बनाइनेछ ।
ड्ड नगर क्षेत्रका विपन्न तथा गरिबका लागि निशूल्क कानुनी सेवा उपलब्ध गराउनेबारे आवश्यक नीति तय गरिनेछ ।
अभिलेख व्यवस्थापन र सूचना प्रणालीः
ड्ड बेनी नगरको वडा तथा पालिकास्तरीय प्रोफाइल तयार गरी त्यसलाई अद्यावधिक प्रणालीसँग जोडिनेछ ।
ड्ड बेनी नगरपालिकासँग सम्बन्धित सूचना तथा अभिलेखलाई व्यवस्थित गर्न नवीनतम प्रविधिसहितको डिजिटल सूचना तथा अभिलेख प्रणालीको विकास तथा सञ्चालन गरिनेछ ।
ड्ड नगर क्षेत्रका सार्वजनिक एवं सरकारी सम्पत्तिको अभिलेख सङ्कलन, तिनको संरक्षण र व्यवस्थापनमा जोड दिइनेछ ।
पालिका तथा वडा कार्यालय व्यवस्थापन र सेवाप्रवाहः
ड्ड नगरपालिकाको कार्यालय तथा वडा कार्यालयका लागि आवश्यक पर्ने भवन निर्माण तथा अन्य पूर्वाधारको विकास गर्दै लगिनेछ ।
ड्ड कर्मचारी व्यवस्थापन र परिभाषित उत्तरदायित्वका माध्यमबाट प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गरिनेछ ।
ड्ड बेनी नगरपालिकाबाट प्रवाह हुने सेवाहरुबारे विद्युतीय माध्यमबाट जानकारी गराउने, सुशासन र सेवा प्रवाहबारे नियमित जानकारी सम्पे्रषण गर्ने व्यवस्था मिलाइनेछ ।
ड्ड भौगोलिक क्षेत्र, जनसङ्ख्या, गरिबी र विकासको अवस्थाका आधारमा वडा तहमा बजेट विनियोजन गरिनेछ ।
संस्थागत संरचना, सुशासन र जनशक्ति व्यवस्थापनः
ड्ड सङ्गठन–व्यवस्थापन सर्वेक्षण र सङ्गठन संरचना तयार पारी जनशक्ति व्यवस्थापन योजना र जनशक्ति परिचालन नीति अपनाइनेछ।
ड्ड सुशासनको कसीमा नगरपालिका, वडा कार्यालय र जनप्रतिनिधिहरू खरो उत्रने योजना र कार्यक्रमलाई उच्च प्राथमिकतासाथ कार्यान्वयनमा लगिनेछ ।
ड्ड लेखा प्रणाली, लेखापरीक्षण र लेखा समितिको कार्य सम्पादनलाई पारदर्शी र व्यवस्थित गराइनेछ ।
ड्ड नगर क्षेत्रको शान्ति सुरक्षा कायम राख्न आवश्यकताअनुसार प्रहरी बिट स्थापना गरिनेछ ।
सूचना तथा सञ्चार प्रणालीः
ड्ड बेनी नगरपालिकाबाट प्रवाह हुने सूचना तथा सञ्चार प्रणालीलाई छिटोछरितो बनाउँदै सहजरुपमा सम्प्रेषणको व्यवस्था मिलाइनेछ।
ड्ड प्रत्येक वडामा निर्वाचित सदस्यमध्ये एक जनालाई सूचना अधिकारी÷प्रवक्ताको रुपमा जिम्मेवारी तोकिनेछ ।
ड्ड नगरबासी सम्पूर्ण नागरिकका विवरणहरु वडा कार्यालयबाटै प्रविष्टि गर्ने र नगर कार्यपालिकाबाट त्यसको अनुगमन र प्रमाणीकरण गर्ने व्यवस्था मिलाइनेछ ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाः
ड्ड भूकम्पबाट भत्किएका सम्पूर्ण निजी आवासहरूको पुनर्निर्माणका बाँकी रहेका काम यथाशिघ्र सम्पन्न गरिनेछ ।
ड्ड भूकम्पबाट भत्किएका सम्पूर्ण स्वास्थ्य संस्थाहरू, शिक्षण संस्थाहरू एवं सरकारी भवनहरूको पुनर्निर्माण तथा पुनस्र्थापना कार्य शीघ्र सम्पन्न गरिनेछ ।
ड्ड विपद् व्यवस्थापनका लागि स्थानीय आवश्यकताका अन्य कार्यहरूको कार्ययोजना तयार पारी लागू गरिनेछ ।
अन्य क्षेत्रः
ड्ड बेनी नगरलाई नमुना पालिका बनाउन एक गाउँ ः एक उत्पादन कार्यक्रमको सुरुआत गरिनेछ ।
ड्ड लोपोन्मुख, सीमान्तीकृत, अल्पसङ्ख्यक, तेस्रो लिङ्गी र जोखिममा रहेका जाति तथा परिवारको संरक्षण र विकासमा ध्यान दिइनेछ।
ड्ड दुर्गम, पहिरोग्रस्त क्षेत्रका बासिन्दाहरुको बसाइ व्यवस्थापन गर्न स्थानीय समुदायको साझेदारीमा व्यवस्थित र सुविधायुक्त ग्रामीण सामुदायिक केन्द्र तथा सिटी सेन्टरको स्थापना गरिनेछ ।
ड्ड बिमा नीतिलाई करप्रणालीसँग जोडिनेछ ।
ड्ड नगर क्षेत्रभित्र विभिन्न संघसंस्थासँगको समन्वयमा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्यबीमाको व्यवस्था गरिनेछ ।
ड्ड नगर क्षेत्रका यूवा उद्यमीद्वारा रोजगार सिर्जना गर्नेगरी काम सुरु गरेमा त्यसको प्रोत्साहनका लागि करछुट लगायतका सुविधा प्रदान गरिनेछ ।
ड्ड बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्यरुपमा गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायि (सि.एस.आर.) अन्तर्गतका कार्यक्रम गर्नका लागि समन्वय गरिनेछ ।
आदरणीय बेनी नगरबासी दिदीबहिनी दाजुभाइहरू !
एक्काइसौं शताब्दीमा नेपाली विशेषताको समाजवाद निर्माण गर्ने दूरदृष्टि र वस्तुनिष्ठ कार्यक्रम नेकपा (एमाले)सँग मात्रै छ । यो पार्टीसँग मात्रै जनताको बहुदलीय जनवाद जस्तो गतिशील र श्रमजीवीमैत्री वर्गीय सिद्धान्त छ । अनेकौं कठिन परिस्थितिका कठोर परीक्षाहरूमा सफलता प्राप्त गरेको, अनेकौं कामहरूको अनुभव प्राप्त गरेको, जनतासित नङ र मासु जस्तै सम्बन्ध कायम गरेको, राष्ट्रको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताको रक्षाका निम्ति प्राणको बाजी लगाउन तयार भएको तथा सिर्जनात्मक क्षमताले ओतप्रोत नेतृत्व पङ्ति पनि नेकपा (एमाले) सित मात्रै छ । त्यसैले सम्पूर्ण मतदाताहरूलाई नेकपा (एमाले) हार्दिक अनुरोध गर्न चाहन्छः यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो अमूल्य मत राष्ट्र निर्माणमा समर्पित र प्रतिवद्ध नेकपा (एमाले)का सूर्यध्वजावाहक उम्मेद्वारलाई प्रदान गर्नुहोस् । नेकपा (एमाले) स्थानीय तहदेखि केन्द्र सरकारसम्मको नेतृत्व सम्हाल्दै समृद्ध राष्ट्र निर्माणको अगुवाई गर्ने सङ्कल्प गर्दछ ।
हार्दिक अभिवादनसहित !
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )