पर्वत, जेठ-४, पर्वतको चुवा परादीमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो कुश्मा नगरपालिका–८ चुवास्थित परादी नजिकै पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका ३१ बर्षिय लालबहादुर थापाको पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको छ । केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य यात्रुहरुले उद्धार गरेका थिए । जिप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा पुगेको थियो ।
घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा केहीको अवस्था गम्भीर रहेकोले पोखरा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । सबै घाइतेहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।प्रहरीका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पिपुल खबरबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )