म्याग्दी, बैशाख-६, म्याग्दीको बेनीमा मुटु परिक्षण एवं स्वास्थ्य शिबिर हुनेभएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा बैशाख १६ र १७ गते बेनी अस्पतालमा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको हो ।
म्याग्दी र छिमेकी जिल्लाका बिरामीलाई लक्षित गरी शिविरको आयोजना गरिएको स्वास्थ्य शिबिर सेभ द हार्ट काठमाडौँको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको सह आयोजनामा संचालन हुने संयोजक हरिकृष्ण गौतमले बताउनुभयो ।
शिविरमा स्कुले विद्यार्थीलाई छुट्टै परिक्षण सहित मुटुमा समस्या देखिएकाहरूको पहिचान गरी उपचारमा सहयोग पुगोस भन्ने उद्येश्यले जिल्ला शिक्षा समन्वय इकाई मार्फत सबै विद्यालयमा जानकारी सहित कोषमार्फत हालसम्म सहयोग गरिएकालाई जानकारी गराइएको गौतमले बताउनुभयो ।
मुटु रोगको बारेमा सचेतना र रोगवारे परामर्श, निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्न व्यक्तिलाई उपचारमा आवश्यक सहयोग समेत गरिने जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )