जलजला, बैसाख-१, आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जलजला गाउँपालिका वडा नम्बर ५ लेकफाटमा सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको छ । एमाले जलजलाका अनुसार वडानं ५ लेखफाटमा फेरीपनि तिलक बहादुर जिसीलाइ वडाध्यक्ष पदको लागी चुनावी मैदानमा उतार्ने सर्वसम्मत निर्णय गरेको हो ।
संघियता पछी विसं २०७४ सालको पहिलो स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा जिसी निर्वाचित हुनुभएको हो । लेकफाटका जनताले प्रिय जनप्रतिनिधिका रुपमा परिचित जिसीलाइ फेरी पनि एमालेले वडाध्यक्ष पदमा उठाउने भएपछी खुशी व्यक्ति गर्दै जित सुनिष्ट भएको बताएका छन् ।
भौगोलिक रुपमा धौलापहर क्षेत्र देखि म्याग्दीको नागी सम्म फैलिएको जलजला ५ को क्षेत्रका जनताको सेवामा सक्रिय भएर लागिपरेका जिसी आफ्रनो वडाको बिकासका पुर्बाधार निर्माण सन्तुलित रुपमा गर्न सफल हुनुभएको वडाका बासिन्दा बताउछन् । सालिन र क्षमतावान नेता जिसीले यसपटकको चुनावमा पनि जनताले बिश्वास गरेमा अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका काम र आफुले जनाप्रतिनिधि हुदा बुझेका जनाताका समस्या र आवश्यकता पुरागर्ने बताउनुभएको छ ।
एमालेले धमाधाम उमेदबार घोषणा गरी प्रचार प्रसार कार्य थालिसक्दा कांग्रेस, माओबादी र नेकपा एसको भने अझै सम्म उमेदबारको टुंगोलाग्न सकेको छैन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )