१४ चैत २०७८, सोमबार
देवी जिसी, पर्वत ।
मल्लाज बहुद्देसिय सहकारी संस्थाले शाखा बिस्तार गरेको छ । जलजला ३ माझफाटमा रहेको सहकारीले जलजला २ र ३ लाइ लक्षित गर्दै बौरमा आफ्नो दोश्रो शाखा तथा सेवा केन्द्र बिस्तार गरेको हो । आज सोमबार शाखाले एक कार्यक्रमको आयोजना गरी आफ्नो कारोबार समेत संचालन गरेको छ। संस्थाका अध्यक्ष लाल बहादुर अधिकारीले जनघनत्व धेरै भएको बौर क्षेत्रमा यहींबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्येले शाखा संचालनमा ल्याएको बताउनुभयो । साथै उहाँले सहकारीले ऋण तथा बचत मात्रै नभएर कृषकका लागी बिउ बिजन बेचबिखन गर्ने गरेको र व्यक्ति मात्रै नभएर संस्थालाई पनि शेयर सदस्य बन्न पाउने सुबिधा प्रदान गरेको बताउनुभयो ।
शाखाको पहिलो कारोबार कर्ता देबी जिसीले आफ्नो कारोबारको पासबुक बुझ्दै बौर क्षेत्रमा सहकारी नभएकोले बचत गर्न तथा रिण लिन चाहने व्यक्तीका लागी म्याग्दीका सहकारीमा भरपर्नु अवस्था रहेकोमा यहाँ शाखा बिस्तार हुनुले धेरै फाइदा हुने बताउनुभयो । बौर क्षेत्रमा २५० भन्दा बढी घरधुरी छन्, यहाँ यसभन्दा अघि एक सहकारी थियो तर बिबिध कारणले त्यो बन्द अबस्थामा छ, अव यसले यहाँका वित्तीय कारोबारकर्तालाई सहज वातावरण सिर्जना गरोस भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रममा जलजला ३ का वडा अध्यक्ष रबि भण्डारी, समाजसेवी तथा सिद्बबाबा प्राथमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष हिरा बरुवाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम मल्लाज मल्लाज बहुद्देशिय सहकारी संस्थाका अध्यक्ष लाल बहदुर अधिकारीको अध्यक्षता, जलजला ३ का वडाध्यक्ष देबेन्द्र बहादुर भण्डारी (रबि) को प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष हिराबहादुर जिसीको स्वागत र ओम बहादुर जिसिको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )