सबै सफल प्रधानाध्यापक उत्कृस्ट शिक्षक हुन्छन तर सबै उत्कृस्ट शिक्षक सफल प्रधानाध्यापक नहुन पनि सक्छन किनकी प्रधानाध्यापकमा शिक्षण क्षमता बाहेक अन्य क्षमताहरु पनि आवश्यक हुन्छ त्यसैले बिद्यालय शिक्षाको समाजमा पर्ने दुरगामी प्रभावको लागी हरेक बिद्यालयमा सक्षम नेतृत्वशाली शैक्षिक नेताको रुपमा प्रधानाध्यापकको आवश्यकतालाई नकार्न सकिन्न |
कुनैपनि शिक्षा तब सम्म अपुरो रहन्छ जब सम्म त्यसलाई ज्ञानसंग जोड्दै व्यक्तिको दैनिक ब्यबहार देखि लिएर समाजलाई प्रभावित पार्न सक्ने सकारात्मक भूमिका खेल्न सक्दैन | त्यसमा पनि बिद्यालय शिक्षा भनेको जीवनको जग हाल्ने अवस्था हुन् | जसरी जीवनलाई आवश्यक पर्ने घर बनाउदा त्यसको जग बलियो गरी बनाइन्छ ताकी त्यस संरचना माथि तल्ला थप्न वा दीर्घकालीन रुपमा सुरक्षाको अनुभूति गर्न सहज र सम्भव बन्न सकोस | ठिक त्यसै गरी बिद्यालय शिक्षाले अति नै महत्व बोकेको हुन्छ सामाजिक सशक्तीकरणको लागी किनकी यस तहमा सिर्फ पुस्तकका पाठहरु मात्रै होइन जीवनका लागी अति आवश्यक पर्ने नैतिकता, इमान्दारिता, जवाफदेहिता र सिर्जनशीलता जस्ता अमुल्य बिषयहरुको ज्ञानको जग हाल्ने कार्य गरिन्छ | यति महत्वपूर्ण कार्य गर्नको लागी नेतृत्वदायी भूमिकामा बस्ने बिद्यालय प्रधानाध्यापकको भूमिका कति सम्बेदनशील, सक्रिय र सक्षम हुनुपर्छ त्यो सहजै अनुमान गर्न सकिन्छ, भनी राख्नु परेन |
अहिले पछिल्लो समयमा नगन्य संख्यामा भए पनि केहि सामुदायिक बिद्यालयहरुले देखाएको परिणामले समाजलाई आशा सहितको सकारात्मक प्रभाव पार्न सफल भएको देखिन्छ | ती उदाहरण बन्न सफल बिद्यालयहरुको कार्यशैलीलाई गहिरिएर हेर्ने हो भने तिनका प्रभावकारी कार्य कौशलता पछाडी एक सक्षम शैक्षिक नेता अर्थात् प्रधानाध्यापकको नेतृत्व क्षमतालाई स्पस्ट रुपले महशुस गर्न सकिन्छ जसले समुहिकतामा बिश्वास गर्दै सफलताका साथ बिद्यालयका सम्पूर्ण सम्बन्धित समुहलाई डोर्याउदै लक्ष्य सम्म पुग्न सहजकर्ताको भूमिका निभाउँछन | त्यसैले भनिन्छ कि बिद्यालय प्रधानाध्यापक भनेको कुनै अन्य जागिर जस्तो पद र जिम्मेवारी होइन यो त प्रत्यक्ष नेतृत्व क्षमता संग सम्बन्धित छ जसलाई निभाउन फरर अंग्रेजी भाषा बोल्ने भएर मात्रै पुग्दैन बिभिन्न समसामयिक बिश्व प्रविधि देखि लिएर आफु अवस्थित समाज प्रतिको सम्बेदनशीलताका साथै बिषयगत ज्ञान, शिक्षण बिधि, प्रस्तुतीकरणका साथै बाल मनोभाव बुझ्न सक्ने क्षमता अनिवार्य चाहिन्छ | जसको आधारमा पुस्तकका पाठहरुलाई सामाजिक सन्दर्भ, शिक्षक, विद्यार्थी र अभिभावकका अवस्था र उपलब्ध स्थानीय श्रोत साधनको उपयोग गर्दै भविष्य मुखी शैक्षिक योजनाको निर्माण र प्रभावकारी कार्यन्वयन गर्न सकियोस | अर्थात् स्वस्थ समाजको निर्माणको लागी अति आवश्यक संरचना र संस्कारलाई संग संगै डोर्याउन सकिने उदाह्र्णहरुको उत्पादन गर्न सकियोस |
हुन त प्राय जसो बिद्यालयहरुमा छिर्दा त्यहाँ पर्खालहरु देखि लिएर भवनका भित्ता अनि कक्षा कोठाहरु समेतमा बिभिन्न अनुशासनका निर्देशन, महावाणी, सन्देश र नैतिक आचरण संग सम्बन्धित शिक्षा दिने उदेश्यले लेखिएका बिभिन्न वाक्यहरु भेटिन्छन | ती सबै वाक्यहरु कण्ठ पार्नको लागी नभई त्यसबाट ज्ञान लिदै
दैनिकीका ब्यबहार मार्फत झल्काउने र अनुभूति गर्न सकिने गरी समाजलाई प्रभाव पार्न सक्ने उदेश्यले राखिएका हुन्छन जसलाई बुझाउन त्यस्ता बिषयहरु बिद्यालय हाता भित्र अनुभूति गर्न सक्ने बातावरण निर्माणको जिम्मेवारी र जवाफदेहीता प्रधानाध्यापकको हुन्छ | जस्तोकि उदाहरणको लागी “इमान्दार बन” “अरुको सम्मान गर” जस्ता उद्धृत वाक्यहरुलाई कण्ठ पारेर केहि उपलब्धि हुन्न बरु यी त सोच र ब्यबहारहरुबाट झल्किनु पर्ने हुन्छ | यसको लागी बिद्यालयमा रहेका बालबालिकाहरुका प्रत्यक्ष सम्पर्कमा रहने शिक्षक, कर्मचारीलगायत सबैबाट अनुभूति गर्न सकिने वातावरण बिद्यालय परिसर भित्र निर्माण गरियो भने अनुभूतिबाट यी पाठ कलिला मस्तिस्कमा स्थापित गर्न सकिन्छ | जसको लागी आवश्यक पर्छ सक्षम नेतृत्वको जसले आफ्ना समुहलाई निर्देशन मात्रै होइन सिक्दै सिकाउदै पोषण गर्दै अगाडी बढाउन सकोस | त्यसै गरी लैंगिक सम्बेदनशीलता, समानता र सामाजिक न्यायका गहन बिषयहरुलाई पनि कक्षा कोठामा समेत अनुभूति गराउदै बालबालिकालाई सहजै सिकाउन प्रमुख भूमिका निर्वाह गर्ने प्रधानाध्यापक नै हुन् |
तर यत्तिमै एउटा प्रधानाध्यापकको जिम्मेवारी सकिदैन अभिभावक संगको अन्तरक्रिया र बिद्यालय समुदाय संगको सहकार्य गर्न आवश्यक सम्पूर्ण कला कौशलको उपयोग गर्नुपर्ने हुन्छ | आफ्ना शिक्षकहरुलाई समय अनुकुलका शिक्षण बिधि र शिप संग जोड्नु, प्रभावकारी कक्षा कोठाहरु, बिद्यार्थीका अध्ययन प्रतिको भोक जगाउनुको साथै उच्च आचरणका यथेस्ट उदाह्र्णहरु बिद्यालयमा उत्पादन गर्न सकिने वातवरणको निर्माण र सुनिश्चितताको मापक समेत निर्धारण गरिनु पर्ने हुन्छ |
हुन त् समाजमा रहेका हरेक सामाजिक संस्थाहरु महत्वपूर्ण हुन्छन त्यस माथि पनि बिद्यालय भनेको सामाजिकीकरणको लागी झनै महत्व बोकेको हुन्छ किनकी जसरी जीवित व्यक्तिको शरीरमा रक्त नलीहरु हुन्छन जसको मार्फत जीवनलाई आवश्यक पर्ने आक्सिजन, पौष्टिकताका साथै शक्ति बर्धक अनि रोग नाशक औषधिहरु पुर्याउने माध्यम को रुपमा प्रयोग हुन्छ त्यसै गरी जीवन्त समाजको लागी, समृद्ध राज्यकोलागी अनि सुरक्षित भविष्यको लागी बिद्यालयहरुको गुणात्मक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने क्षमता बोकेको हुन्छ |
कुनै पनि समृद्ध मुलुकको विकास तर्फको यात्रालाई नियालेर हेर्ने हो भने त्यहाँ बिद्यालय शिक्षामा सम्बेदनशीलताका साथ प्राथमिकतामा राखेको भेटिन्छ | बास्तवमा राज्यको सफलताको लागी बिद्यालय तहको शिक्षा अत्यधिक महत्वपूर्ण बिषय हुन् किनकी यो समाजको हरेक परिवार संग कुनै न कुनै रुपले जोडिएको हुन्छ र यस मार्फत ती समाजलाई महसुस गर्न सकिन्छ | त्यसैले भनिन्छ कि बिद्यालय भनेको समाजको त्यो आँखीझ्याल हो जहाँबाट समाजको संरचना, विभेदका स्वरूप, उत्पादन र बितरण प्रणाली लगायतका थुप्रै चित्रहरु स्पस्ट हेर्न सकिन्छ | ती देखिने चित्रहरुलाई सुन्दर बनाउने भूमिकामा रहेका प्रधानाध्यापक संग बिभिन्न कला, क्षमता र दक्षता सहितका रंगहरु हुनुपर्ने अपेक्षा गरिएको हुन्छ जसको प्रयोग गर्दै स्वस्थ समाजलाई सुन्दर देखिने चित्रहरु निर्माण गर्न सकियोस |
त्यसैले राज्यको प्राथमिकतामा बिद्यालय तहमा सक्षम, सम्बेदनशील र सफल नेतृत्व क्षमता भएका प्रधानाध्यापक पुर्याउने बिषयमा गम्भिरताका साथ सम्बेदनशीलता देखिनु पर्छ | राजनीति र शिक्षा दुवै एक अर्को संग समानान्तर रुपले संग संगै अघि बढाउनु पर्ने हुन्छ ताकी कथम कदाचित एउटामा आएको बिचलनलाई अर्कोले रोक्न सकोस | जस्तोकि यदी गुणात्मक शिक्षा छ भने राजनीतिमा आएको बिकृतिलाई यसले नियन्त्रण र मार्गदर्शन गर्दै सही ट्रयाकमा ल्याउन सक्छ भने अर्को तर्फ यदी सक्षम नेतृत्वदायी राजनीति छ भने त्यसले शिक्षाको गुणस्तरलाई अत्यधिक महत्वका साथ केन्द्रमा राखी अघि बढ्छ |
बिश्वका सफल मुलुकहरुको इतिहास हेर्ने हो भने शिक्षा र राजनीति यी दुवै एक अर्को संग अन्तरसम्बन्धित र अत्यधिक महत्व पाएका बिषयबस्तुको रुपमा स्थापित गरिएको भेटिन्छ | त्यसैले पनि शिक्षा र राजनीतिलाई समृद्धिको रथको दुई पांग्राको रुपमा समेत बुझ्न सकिन्छ | किनकी शिक्षा र राजनीति संग समाजलाई सम्बेदनशील बनाउने, सोच परिमार्जन गर्ने र यहाँ सम्म कि संस्कार र संस्कृति समेत परिवर्तन गराउन सक्ने क्षमता रहेको हुन्छ |
हाम्रो बर्तमान परिस्थितिलाई नियाल्ने हो भने समाजमा देखिएको अराजकता, राजनितिक अस्तव्यस्तता र बैचारिक तुवाँलोको एउटा प्रमुख कारण गुणात्मक शिक्षाको अभाव पनि हो भनी स्वीकार्न अप्ठ्यारो मान्नु पर्दैन | त्यसैले राजनितिक दाऊपेचबाट बिद्यालयलाई जोगाउदै अ-हस्तक्षेपकारी भूमिका निभाउनेमा समाजका सम्पूर्ण सम्वन्धित ब्यक्तिहरुको भूमिका त महत्वपूर्ण हुन्छ नै तर प्रधानाध्यापकको भूमिका थप सक्रिय र जिम्मेवारीपूर्ण रहेको हुन्छ | शिक्षण पेशा आफैमा एक निरन्तर सिकाईको प्रक्रिया हो त्यसैले शिक्षणमा निखार ल्याउन सिक्ने प्रक्रियाको निरन्तरता आवश्यक हुन्छ | जसको लागी आवश्यक पूर्वाधार निर्माणमा समेत प्रधानाध्यापकको सक्रिय भूमिका अनिवार्य हुन्छ |
यति भनी रहंदा बिर्सन नहुने भनेको समाजिक पक्षहरु पनि छन | बिभिन्न समय र सन्दर्भमा निर्मित सामाजिक मुल्य र मान्यताहरु, समाजमा स्थापित गरिएका कतिपय संकीर्ण सोचहरु, संरचनागत विभेदहरु लगायत शिक्षाको मूल मर्म नबुझेका अनि श्रोत साधन र शक्ति माथि पहुँच र नियन्त्रण राखेका जमातको साथै शैक्षिक क्षेत्रको उदेश्यलाई नै छोप्ने गरी उम्रिएका राजनीतिक बनझारहरु मुख्य चुनौतीको रुपमा तेर्सिएको हुन्छ एक प्रधानाध्यापकको सफलताको बाटोमा तर यदी समाजलाई सशक्तीकरण सामाजिक रुपान्तरण गर्न बिद्यालय शिक्षालाई प्रभावकारी नबनाई सम्भव छैन जसको लागी सक्षम नेतृत्वशाली शैक्षिक नेताको रुपमा प्रधानाध्यापकको सक्रिय भूमिकाको बिकल्प छैन |
लेखक वीणा झा समाजशास्त्री हुनुहुन्छ
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )