बेनी, चैत-११, घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको अगुवाइमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु भेटिएपछि जफत गरी नष्ट गरिएको छ । बुधवार र बिहीवार दुई दिनसम्म म्याग्दी सदरमुकाम बेनीबजारमा गरिएको अनुगमनमा भेटिएका म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।
बेनीबजार क्षेत्रका ३६ वटा फर्महरुमा गरिएको अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा खाद्यान्नका पसल २३, मसला पसल १, तरकारी तथा फलफुलका ४, मासु पसल ३, दुध डेरी १, एग्रोभेट १, रेष्टुरेन्ट १ र कस्मेटिकका २ वटा पसलहरुमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा भेटिएको दर्ता नगरी सञ्चालित मासु पसललाई तत्काल दर्ताका लागि बोलाइएको प्रमुख शर्माले बताउनुभयो ।
यसैगरी मासु पसलको फ्रिजमा सडेको अवस्थामा राखिएको मासुलाई तुरुन्तै नष्ट गरी फ्रिज सफा गर्न लगाइएको थियो । त्यस्तै खाद्यान्न पसलहरु भेटिएका म्याद गुज्रेका चाउचाउ, बिस्कुट, चकलेट पनि जफत गरी मुचुल्का बनाएर नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा भएको अनुगमनमा म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका र पत्रकार महासंघको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )