२९ फागुन २०७८, आइतवार
देवी जि.सी., म्याग्दी ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीले २१ औं स्थापना दिबस मनाएको छ । प्रतिष्ठानको स्थापना दिवस एवं लोक दोहोरी दिवस २०७८ को अवसरमा प्रतिष्ठान म्याग्दीले बेनपा ८ मा रहेको श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई बाद्यबादन सामग्री सहयोग हस्तान्तरण गरि दिवस मनाएको हो ।
प्रतिष्ठान म्याग्दीले सेवा केन्द्रलाई भजन किर्तन गर्नका लागी सहयोग होस् भन्दै मृदंगा, चाप लगायतका सामाग्री प्रदान गरेको हो । स्थापना दिवस तथा लोक दोहोरी दिवसको अवसर पारेर प्रतिष्ठान म्याग्दीले १ लाख ५० हजारको कलाकार कल्याणकारी कोषको स्थापना समेत गरेको अध्यक्ष देबेन्द्र घिमिरेले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय सदस्य धनकुमारी थापाले लोक दोहोरीको लागी प्रत्यक्ष दोहोरी प्रतियोगिताको आयोजना गर्नुपर्ने बताउदै म्याग्दी प्रतिष्ठानले गरेको कार्यको प्रशंसा गर्नुभयो ।
त्यसैगरी सेवा केन्द्रका उपाध्यक्ष नैन कुमार श्रेष्ठले जेष्ठ नागरिकको सेवा नै धर्म भएको र यस्ता कार्य गरेमा गणेश पुराण लगाउन नपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सल्लाहकार जीवन कुमार विश्वकर्माले आवश्यक परेमा कला साहित्यको संरक्षणमा आफु हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा दोहोरीगीत प्रतिस्ठान गण्डकी प्रदेश संगठन बिभाग प्रमुख अमित बिश्वकर्माले मन्तब्य ब्यक्त गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष देबेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष ध्रुव जिसीले स्वागत र सचिव पदम विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )