पर्वत, फागुन-२५, पर्वतको लुंखुदेउरालीमा टपरी गास्ने प्रतियोगिता सम्पन्न भएको छ । ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा टपरी गास्ने प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा १४ जना महिलाले सहभागिता जनाएकोमा दिल कुमारी उचै प्रथम, शान्त नेपाली द्वितीय, चन्द्र कुमारी उचै तृतीय हुनुभएको छ ।
गाउँघरमा बिबाह, ब्रतबन्ध, पुजापाठ जस्ता कार्यमा प्रयोग हुने टपरी आजकल प्लाष्टिकका भाडाकुडाको व्यापक प्रयोगले बिस्थापित हुन थालेपछि टपरीको प्रबर्द्धनको लागी प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिनुभयो ।
टपरी गास्ने कला पुरानो पुस्तामा मात्रै सिमित हुन् पुगेको भन्दै युवा पुस्तामा सिपको बिकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । सोहि अवसरमा लुंखुदेउरालीमा महिला स्वास्थ्य स्वयमसेविका कार्यक्रम लागु भएदेखि हालसम्मका स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको छ। सेवा छोडेकाहरुलाई घरघरमा पुगेर समेत सम्मान गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगिता तथा सम्मान कार्यक्रममा महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बराल लगायत जनप्रधिनिधिहरुको उपस्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )