२५फागुन २०७८, बुधवार
देवि जिसी, म्याग्दी ।
म्याग्दीको मालिकामा “८ मार्च”का दिन मङ्गलबार विविध कार्यक्रमको आयोजना गरेर ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘सामाजिक न्याय र लैङ्गिक समानताः दीगो विकासको सुनिश्चितता’ भन्ने मूल नारासहित मालिका गाउँपालिकाको आयोजना,विविध कार्यक्रम सहित दिवस मनाइएको हो ।
कार्यक्रममा बिविध मनोरन्जनात्मक खेलकुद अन्तर्गत म्युजिकल चेयर, बेलुन फुटाइ लगायतका प्रतियोगिता भएका थिए । गाउँपालिकाको केन्द्र दरबांग बजारमा विद्यार्थी, आमासमूह, विभिन्न संघ संस्थाका कर्मचारीहरु सहितको झाँकीले बजार परिक्रमा गरी सामुदायिक भवनमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मन्तब्य ब्यक्तगर्दै महिला अधिकार मंच म्याग्दीका सल्लाहकार जमुना आचार्यले आगामी निर्वाचनमा सबै राजनैतिक दलले महिलालाई प्रतिनिधिको रुपमा अवसर प्रदानगर्न समेत आग्रह गर्नुभयो।
त्यसैगरी महिला अधिकार रक्षक संजालका अध्यक्ष रेखा कौशल रेग्मीले नारिदिवस मनाउनुको तात्पर्य, संबिधानमा ब्यबस्था भएका महिलाका अधिकारका बारेमा बोल्नुभएको थियो भने संचारिका समूह म्याग्दीका संयोजक देवी जिसीले महिला अधिकारका बारेमा गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष कमला थापा, जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुबेदी, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको अध्यक्षता, कार्यपालिका सदस्य गौमती चापागाईको स्वागत र सोलिना किसानको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )