आज ८ मार्चअन्तराष्ट्रिय महिला दिवस, आजको दिनलाई विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ। अन्तराष्ट्रिय महिला दिवस कसरी र कसले शुरु गरेको हो । सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको बीजारोपण भएको थियो। यसको प्रणेता क्लारा जेटकिन हुन् ।
सन १८५७ जुलाई ५ का दिन जर्मनीको एक्सोनी प्रदेशको गाउँमा क्लारा जेटकिनको जन्म भएको थियो । उनले १५ वर्षको उमेरमा माध्यमिक शिक्षा उत्तीर्ण गरेकी थिइन् । त्यतिबेला महिलालाई उच्च शिक्षा ग्रहण गर्न त्यति सहज थिएन । महिलालाई मतदानको अधिकार थिएन । महिलाले पुरुषको अनुमति बिना घरबाहिर जान पाउँदैनथे । राजनैतिक पार्टीमा महिला संलग्नता प्रतिबन्धित थियो ।
महिलामाथि यस प्रकारका विभेदहरू क्लारालाई मन परेको थिएन । हर समय महिलालाई कसरी अधिकार प्राप्त बनाउन सकिन्छ भनेर सोचिरहन्थिन् । त्यतिबेला जर्मन बाहिर महिला अधिकारका विषयमा छलफल हुन थालिसकेको थियो त्यसपछि उनी विभिन्न महिलाहरूको पक्षमा काम गर्ने संस्थाहरूको सम्पर्कमा पुगिन् । त्यतिखेर जर्मन सरकारले समाजवादीहरूप्रति प्रतिबन्ध लगाएको थियो । जर्मन सरकारले त्यो प्रतिबन्ध सन् १५९० मा फुकुवा गरयो । यसपछि उनी जर्मन सोसल डेमोक्रेटिक पार्टीमा रहेर काम गर्न थालिन् । औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्न नपाइने भएकाले उनले लामो समयसम्म अनौपचारिक रूपमै भए पनि पार्टीमा सक्रिय रहिन् । त्यही सङ्घर्षकै कारण सन् १९०६ मा उनी पार्टी शिक्षा केन्द्रिय समितिकी सदस्य बनिन् । उनले त्यहाँ रहँदा महिलाहरूलाई राजनीतिक पार्टीमा औपचारिक संलग्नता हुनुपर्छ भनी आवाज उठाइन् र अन्तत: सन् १९०८ मा त्यो अधिकार स्थापित भयो । यसपछि उनले जर्मनका श्रमिक महिलाहरूलाई सङ्गठित गरेर अन्तर्राष्ट्रिय महिला आन्दोलनकी अगुवा भइन् ।
सन् १९०७ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट उनी सचिव चुनिएर सन् १९१७ सम्म त्यही पदमा रहिन् । सन् १९१० मा कोपन हेगेनमा महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव राखिन् । त्यो प्रस्ताव पारित भयो र सन् १९११ देखि हरेक मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ ।
यसरी राज्यले दोस्रो दर्जाको रूपमा राखेकी नारीलाई पूर्णरूपमा स्वतन्त्र र पुरुष सरह बनाएर मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव लगेर पास गराएका कारण उनलाई अन्तर्राष्ट्रिय महिला दिवसकी प्रणेता भनिन्छ । बिबिसीको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )