पर्वत, चैत-७, राष्ट्रिय जनसांस्कृतिक महासंघको घटक जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका भुपेन बानियाँ चयन हुनुभएको छ ।शनिबार पोखरामा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट राष्ट्रिय जनसांस्कृतिक महासंघको घटक जनपक्षीय चलचित्र महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बानियाँ निर्वाचित हुनुभएको हो ।
म्याग्दीको बेनी नगरपालिका वडा नं ६ छाप निवासी बानियाँ लामो समयदेखि क्रिएटिभ मिडिया प्रोडक्सन मिडिया हाउसका संचालक हुनुहुन्छ । अभिनयमा पोख्त बानिया डेढ दशकदेखि नेपाली लोक तथा दोहोरी गीत, पप, आधुनिक गीतको म्यूजिक भिडियो निर्माण, निर्देशन, छायांकन र अभिनय समेत गर्दै आउनुभएको छ । उहाँले लघु चलचित्र निर्माण तथा छाँयांकन, वृत्त चित्र निर्माण, छायांकन एवं सम्पादन समेत गर्दै आउनु भएको छ । हाल क्रियटिभ प्रोडक्सन हाउसले बेनी तथा पोखराबाट पनि सेवा प्रदान गरिरहेको छ ।
बानियाले जनपक्षीय चलचित्र महासंघको अध्यक्ष भएसंगै गण्डकी प्रदेशमा रहेका भिडियो निर्माणसंग सम्वन्धीत ककलाकारहरुका लागी क्षमता बिकासका कार्यक्रम संचालन गर्दै संगठित र पेशागत क्षमताको बिकास गराउने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )