जलजला, चैत-१, जलजलाको बगरफाँटमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । प्रहरी चौकी पर्वत बेनीको आयोजनामा जलजला गाउँपालिका -२ बगरफाँटमा आत्महत्या न्यूनीकरण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी चौकी पर्वत बेनीका प्रमुख प्रहरी सहायक निरीक्षक बिराज ढकालले प्रहरी र समुदायको सम्झौता नै प्रहरी साझेदारी भएको बताउदै प्रहरीले समुदायसंग साझेदारी गरेर मात्रै समाजका हरेक घटना न्यूनीकरण गर्न र शान्ति शुरक्षा कायम गर्न सम्भव हुने बताउनुभयो । उहाँले प्रहरी नागरिकको साथी हो, त्यसैले शुरक्षामा खलल पुग्ने कुनै कार्य र घटना भएमा प्रहरीलाई खबर गर्नुका साथै अपराध जन्य कुनै घटना भएका छन् यस्तो अवस्थामा प्रहरीलाई समय मै खबर गर्ने कुराले प्रहरी र नागरिकको सम्बन्ध बढ्न जाने र शान्ति शुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।
त्यसैगरी सिद्द बाबा आधारभूत विद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरा बहादुर बरुवालले बगरक्षेत्रमा यातायातको सहज अवस्था नभएकोले कुनै पनि घटना भए लगत्तै प्रहरी आउन सक्ने अबस्था नरहेकोले विभिन्न किसिमका घटना बढ्दै गैरहेको बताउनुभयो ।
बगरफाट आमा समुहका कार्यबाहक अध्यक्ष मनिष श्रेष्ठ पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रहरी चौकी पर्वत बेनीका प्रहरी जवान प्रकाश गौतमले गर्नु भएको संचारिका समूह म्याग्दीका संयोजक देवी जिसीले जलजला अनलाइनलाई बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )