पर्वत, फागुन-१७, माओवादी केन्द्रका वडा अध्यक्षले माओवादी एमसिसिको पक्षमा लागेको भन्दै राजीनामा दिएका छन् । कुश्मा नगरपालिका वडा न ८ चुवाका माओवादी केन्द्रका वडाअध्यक्ष हरीनारायण गिरीले माओवादी केन्द्रबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा माओवादी आन्दोलनमा लाग्नुको कारण खुलाउँदै उनले राष्ट्रघात गर्ने पाटीको पक्षमा लाग्न नसक्ने भन्दै पाटीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गिरीले २०६१ साल चैत देखि माओवादी आन्दोलनमा लागेर अमेरिकी साम्रज्यवादवाको विरुद्ध आन्दोलन गरीरहेको उल्लेख गर्दै नेपाली नागरिकलाई दास बनाउने पाटीबाट आफू अलग रहेको घोषणा गरेका हुन् ।
माओवादी पाटीले युद्धकै बेला देखि अमेरिकी सामाज्य्रबाद भन्दै कार्यकर्तालाई आन्दोलनमा उतारे पनि अमेरिकाको अघि घुडा टेकेको अधिकांश कार्यकर्ताहरुको बुझाई रहेको छ ।
यस अघि माओवादीका प्रभावशाली नेता सृजनशिल कुँँवर, पाटीका जिल्ला सदस्य बलराम पौडेल, युवा कार्यकर्ताहरु सुवास रोक्का, पंकज पौडेल फलेवास वडा न ६ का वडा सचिव राजेन्द्र भुषाल लगाएतका दर्जन बढि कार्यकर्ताहरुले माओवादी पाटी परित्याग गरेको घोषणा गरेका हुन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )