११ फागुन २०७८ बुधबार
देवी जिसी, जलजला।
पर्वतको जलजला गाउँपालिका – ३, बौरमा १ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । जलजला गाउँपालिकाको आयोजनामा “गरिवी निवारणका लागी लघु उद्दम बिकास कार्यक्रम (मेडेप)” को सहयोगमा बुधबार अचार बनाउने तालिम सम्पन्न भएको हो ।
तालिममा वडा नं- ३, का २१ जना महिला सहभागी तालिम ३ दिनको भएपनि १ दिनमै सम्पन्न गरिएको छ । लघु उद्दम विकास कार्यक्रम मेडेपका फोकल पर्सन त्रिविक्रम आचार्यले ३ दिनको तालिम भएपनी तालिमको लागी आवश्यकपर्ने सामान खरिद गरी बाकी बजेटबाट १ दिन मै तालिम सकिएको बताउनुभयो । तालिमको शान्ती पुनले प्रशिक्षण र सहजीकरण जलजला गाउँपालिकाका कर्मचारी संगीता अधिकारी र गीता पाइजाले गर्नुभएको थियो ।
वडा नं ३ का अध्यक्ष देबेन्द्र भण्डारीले गाउँपालिकाले आवश्यकता अनुसार विभिन्न ठाउमा आय आर्जनका फरक फरक कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो । त्यस्तै संचारिका समूह म्याग्दीका संयोजक देवी जिसीले आर्थिक अवस्था न्युन भएका ब्यक्तीलाई आयआर्जनको लागी सहज हुने यस्ता तालिम आयोजना गर्दा समयमै खबर गरे लक्षित व्यक्ति सम्म पुग्न सजिलो हुने र धेरैको सहभागिता हुने बताउनुभयो । समापन कार्यक्रम जलजला गाउँपालिका वडा नं ३ का अध्यक्ष देबेन्द्र भण्डारीको अध्यक्षता मेडेपका फोकल पर्सन त्रिविक्रम आचार्यको प्रमुख आतिथ्यता र गीता पाइजाको संचालनमा सम्पन्न भएको थियो ।
विसं २०५५सालदेखि संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम (U NDP) को वित्तीय तथा प्राविधिक सहयोगमा गरिबीको रेखामुनी रहेका विपन्न परिवारहरूका लागि लघु उद्यमको माध्यमबाट गरिबी निवारण तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने मान्यताको आधारमा गरिबी निवारण गर्ने उद्देश्य राखी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु उद्यम बिकास कार्यक्रम (मेडेप) २० बर्ष सम्म सफल सन्चालन गरी वि.सं. २०७५) मा यो कार्यक्रम वहिर्गमन भैसकेको छ ।
अहिले यस कार्यक्रम नेपाल सरकार अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (MEDPA) को रुपमा सञ्चालन भैरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )