पर्वत, फागुन-७, पर्वत प्रहरीले नक्कली कागजात बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका ११ पकुवाका २५ बर्षीय आशिष केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी प्रहरी निरीक्षक आजेंद्र अधिकारीले बताउनुभएको छ ।
आरोपित केसीले नेपाली नागरिकताको प्रमाण पत्र हुदाहुदै नक्कली पनि शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र बनाएर पुन: अर्को नागरिकताको प्रमाण पत्र लिएको पाइएको छ। उक्त दोश्रो नागरिकताको प्रमाण पत्र रद्दगर्ने प्रक्रियामा रहेको तथा प्राप्त नक्कली शैक्षिक प्रमाण पत्रहरु छानबिन गरी आवश्यक कारबाहीका लागी पठाईएको इन्स्पेक्टर अधिकारीको भनाइ रहेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रहरीमा गएको पत्र अनुसार शुक्रबार नै केसीलाई पक्राउ गरिएको हो । केसीका बिरुद्द लिखत सम्बन्धि कसुर “किर्ते गर्न नहुने” मुद्दामा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालत पर्वतबाट पहिलोपटक चार दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ । लोकतन्त्र अनलाइनबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )