पर्वत, पुष-२३, हिजोदेखि शुरु भएको नेकपा एमाले पर्वतको जिल्ला अधिबेशन कुश्मामा जारी रहेको छ । शुक्रवार उद्घाटन भए पश्चात स्थगन भएको अधिबेशन शनिबार बिहान देखि बन्दशत्र शुरु भएको हो । बन्दसत्रमा कार्यबाहक अध्यक्ष भक्त कुँवरले राजनैतिक प्रतिबेदन पेस गर्नु भएको थियो । सातवटा स्थानीय तहका एक-एक र अन्य जनसंगठनको एक गरी ८ वटा समूह बनाएर प्रतिबेदन उपर छलफल भएको थियो । अधिबेशनमा जिल्लाभरबाट झन्डै चार सयको संख्यामा प्रतिनिधिहरु सहभागी भएका छन् ।
अधिबेशनले नया नेतृत्व समेत चयन गर्नेछ । एक प्रतिनिधिहरुका अनुसार सर्वसम्मत नेतृत्वको चयन हुने भएको छ । पदाधिकारीमा सहमती नजिक पुगेको र बाकी सदस्यहरुमा पनि भूगोललाई मिलाएर सर्वसम्मत गराउने प्रयास भएको बताइएको छ । बन्दसत्र अहिले पनि जारी रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )