बेनी, पुष-२३, पुष २३ गते देखि शुरु हुने नेकपा (एमाले) म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा भएको छ। म्याग्दी सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरी सचिवालयले जानकारी दिएको छ ।
एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्लाभरिबाट ५१० जना प्रतिनिधि छनोट भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए । अधिवेशनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । खुल्लाबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिसहित ५ जना खुल्ला पदाधिकारी हुने बताइएको छ ।
आगामी पार्टी नेतृत्वका लागि आन्तरिक रुपमा नेताहरुले उम्मेद्वारी घोषणा गरेको र नेतृत्वका लागि इच्छुक साथीहरुविच छलफलबाट नेतृत्व टुग्याउने अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । अधिवेशनलाई सफल बनाउन ११ वटा उपसमिति मार्फत अधिवेशनको तयारी भएको छ । शुक्रबार १२ बजेदेखि ¥याली सुरु हुने सचिवालयले जानकारी दिएको छ ।