२० पुष २०७८, मङ्गलबार
देबी जिसी, म्याग्दी ।
म्याग्दीको बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसम्मत रुपमा चिना बानियाँको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयननयाँ नेतृत्व समेत चयन गरेको छ । सहकारीको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा दुर्गा केसी, कोषाध्यक्षमा कमला अधिकारी र सहसचिवमा रजिता घिमिरे शर्मा चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा सोचिना खड्का, होमकुमारी रेग्मी, कोपिला खत्री, जमुना पुन पूर्जा, राधिका रेग्मी, रचना शाही, कमला खत्री, विष्णु घर्ती क्षत्री, कोपिला केसी र थुमा खड्का चयन हुनुभएको छ ।
त्यससैगारे लेखा समिति संयोजकमा पशुपति शाही, सदस्यमा कल्पना आचार्य र खुमा सापकोटालाई चयन भएको सहकारीले जनाएको छ । ऋण उपसमिति संयोजकमा सोचिना खड्का, सदस्यमा शर्मिला पुन, रामकुमारी गौचन, लक्ष्मी आचार्य, निर्मला पौडेल, शारदा राना र नरु थजाली रहनुभएको छ त्यस्तै शिक्षा उपसमिति संयोजकमा सावित्री आचार्य, सदस्यमा चण्डिका पौडेल र राधा बानियाँ चयन हुनुभएको छ । साधारणसभामा संस्थाका अध्यक्ष चिना बानियाँले संस्थागत, सचिव दिलमाया बिटालुले प्रस्तावित कार्यक्रमसहित प्रगति प्रतिवेदन, कोषाध्यक्ष दुर्गा केसीले आर्थिक, लेखा समिति संयोजक पशुपति शाहीले लेखा र ऋण उपसमिति संयोजक सोचिना खड्काले ऋणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत आर्थिक वर्षसम्म संस्थामा कुल शेयर सदस्य ४ सय ८७ जना रहेकोमा शेयर पुँजी ८१ लाख ८९ हजार, लगानी एक करोड ७० लाख ८० हजार नौसय १० रुपैयाँ र बचत एक करोड ५४ लाख ७५ हजार चारसय पाँच रुपैयाँ रहेको छ ।
साधारणसभाले प्रस्तावित कार्यक्रमतर्फ संस्थाको विनियम संशोधन, विधि, नीतिनियम र कार्यविधि पारित गर्नुका साथै आगामी दिनमा गहना बचत योजना, आपत्विपद्मा परेका सुत्केरी महिलालाई सहुलियत दिने, सरोकारवालासँग समन्वय तथा समुदायमा पुगेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने योजना पनि पारित गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्की (बिखर्ची)ले सहकारी संघसंस्थाले समुदायमा रोजगारीको सिर्जना गरी गरिबी निवारण गर्नुपर्नेमा जोड दिनुुभयो ।
कार्यक्रममा सहकारीका संस्थापक उजेली उपाध्याय, पूर्व अध्यक्ष देवी केसी, सल्लाहकार रेखाकौशल रेग्मी, पूर्व कर्मचारी विष्णु सापकोटा, शेयर सदस्य जमुना आचार्य र सम्मानित व्यक्ति देवी विकले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष चिना बानियाँको अध्यक्षता, निवर्तमान उपाध्यक्ष देवी आचार्यको स्वागत र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )