पर्वत, पुष-१४, गण्डकी प्रदेश सरकारले तमु ल्होछारमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होछार पुस १५ गते (बिहीबार) परेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाल सचिवालयले बिहीबार गण्डकी प्रदेशमा बिदा दिने गरी मंगलबार निर्णय भएको जनाएको छ ।
प्रदेशले राष्ट्रियबाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछारजस्तै माघे संक्रान्ति, इदलगायतमा स्थानीय बिदा दिँदै आएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )