पर्वत, पुष-१४, उत्तरी पर्वतको उच्च भेगमा हिमपात भएको छ। मंगलबार रातिदेखि बर्षा शुरुभएको र बुधबार बिहानदेखि ति क्षेत्रमा हिमपात भएको हो । उत्तरी पर्वतको जलजला क्षेत्र हम्पाल बनौ, सालिजा लोप्रे लगायतका क्षेत्रमा भारी हिमपात भैरहेको छ ।
हिमपात शुरु भएपछी लेकफाटको लोप्रे, बनबढे, डाडाकटेरी, कुवापानी ,सालिजा लगायतका क्षेत्रमा चिसो अत्यधिक बढेको छ । लोप्रेको फलामेडाडामा आधा फिट हिउ जमिसकेको छ भने हिउ निरन्तर परिरहेको पुर्खा पुर्जाले बताउनुभयो । आज दिनभरी पानी परेमा कुवापानी र तल्लो भेगमा समेत हिउपर्ने उहाँले बताउनुभयो हिमपात भएपछी अत्यधिक चिसो बढेको छ । हिउदे बर्षा आवश्यक भएपनि चिसो बढ्ने गर्दा जनजीवन कस्टकर भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )