काठमाण्डाै, पुष-१३, नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे ।
बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भयाे ।
त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्याे । याेसँगै खेल २–२ काे अवस्थमा पुग्याे ।
त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेकाे हाे । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयाे । नेपाल गएकाे संस्करणकाे पनि विजेता हाे । उज्यालोबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: प्रक्रिया
अध्यक्ष /प्रधान सम्पादक:
कृष्ण बहादुर जिसि
डेस्क: देवी जिसि
बिशेष संवाददाता: दीक्षा क्षेत्री (काठमाडौँ )
बजार ब्यबस्थापक: